स्नातक तह प्रथम बर्षबाट अावेदन गर्ने विद्यार्थीहरुकाे शुल्क सहुलियतकालागि अन्तरवार्ता सम्बन्धि सूचना

प्रस्तुत सम्बन्धमा शैक्षिक वर्ष २०७६ सालमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूबाट शुल्क सहुलियतका लागि आवेदन लिइसकिएको छ । नियमानुसार आवेदन गर्ने वी.वी.एस. प्रथम बर्षका विद्यार्थीहरूको अन्तर्वार्ता यहि मिति २०७६ साल साउन १० गते र बी.एड प्रथम , वी.ए.प्रथम र वी.एस्सी प्रथम बर्षबाट आवेदन गर्ने विद्यार्थीहरूको अन्तर्वार्ता २०७६ साल साउन १९ गते हुने वेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

अङग्रेजी विषयको थेसिस लेखन अभिमूखिकरण सम्बन्धि सूचना ।

यस क्याम्पसको स्नातकोत्तर तह एम.एड. अङग्रेजी मूल विषय लिई अध्ययन गर्ने २०७५ को परीक्षामा संलग्न भएका विद्यार्थीहरुका लागि थेसिस लेखनसम्बन्धी अभिमुखीकरण सम्बन्धित सबैमा सूचित गरिन्छ ।

शुल्क सहुलियतकाे अन्तरवार्ता सम्बन्धी सूचना

शैक्षिक बर्ष २०७५/७६ मा अध्ययन गरी शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरु मध्ये बि‍‍ ए तेस्राे बर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७६/०३ / ११ गते विहान ७ बजेबाट र BBS, B.Ed, र B.Sc. तेस्राे वर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता २०७६/०३ / १८ विहान ७ बजेबाट सञ्चालन हुने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

सम्पूर्ण प्राध्यापक कर्मचारीहरूमा अनिवार्य उपस्थितिकालागि सूचना

प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसमा निम्न मिति र समयमा तपसिलका कार्यक्रम हुने भएकाले कार्यक्रमलाई सघाउ पुर्याउँदै सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण प्राध्यापक कर्मचारीहरूमा अनिवार्य उपस्थितिकालागि सूचना गरिएको छ ।
मितिः २०७६ जेठ २८ गते समयः विहान ७ बजेबाट
१) विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण
२) सेवा निवृत्त प्राध्यापक तथा कर्मचारीको विदाई
स्थानः क्याम्पस सभाहल
मितिः २०७६ जेठ ३० गते विहान १०ः ३० बजेबाट ।
क्याम्पस परिषद्को बाह्रौँ बैठक
स्थानः क्याम्पस सभाहल ।
क्याम्पस प्रमुख

क्याम्पस परिषद्को बाह्रौँ बैठकमा उपस्थित भइदिनुहुन (सम्पूर्ण परिषद्सदस्यज्यूहरूलाई सूचना) ।

प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ बैठक तपसिसलका प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्ने प्रयोजनकालागि निम्न मिति समय र स्थानामा हुने भएकाले यहाँको उपस्थितिकालागि अनुरोध छ ।

   प्रस्तावहरू

१) प्रतिवेदनहरूमाथिको छलफल र अनुमोदन  ।

२) आ.ब. २०७५÷०७६ को बार्षिक कार्यक्रम र बजेट अनुमोदन ।

३) सञ्चालनक समितिलेखा समिति र पुनरावलोकन समितिको गठन ।

        मितिः २०७६ जेठ ३० गते

        समयः विहान १०ः ३० बजेदेखि ।

        स्थानः क्याम्पस सभाहल ।

अन्य कार्यक्रमहरू

१) विद्यार्थीहरूलाई छात्रवृत्तिपुरस्कार तथा प्रमाणपत्र वितरण

२) सेवा निवृत्त प्राध्यापक तथा कर्मचारीको विदाई

        मितिः २०७६ जेठ २८ गते समयः विहान ७ बजेदेखि ।

        स्थानः क्याम्पस सभाहल