यहि मिति २०७४ साल चैत्र १७ गते शनिवारका दिन क्याम्पस सञ्चालक परिषदको बार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण परिषद सदस्यज्यूहरूलाई उपस्थितिकालागि पत्राचार गरिसकिएको छ । पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि सभामा उपस्थितिका लागि अनुरोध सहित सूचित गरिएको छ । कार्यक्रम सहितको पत्र यसैसाथ संलग्न गरिएको छ । क्याम्पस परिषद सूचनामा क्लिक गर्नुहोस् ।
सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौताअनुसार उच्च शिक्षा सुधार परियोजनाको DLI2 अन्तर्गत Resource Mobilization शीर्षकमा आ. व. २०७४/०७५ का लागि खरिद गरिने वस्तु तथा सेवाका लागि सिलबन्दी दरभाउपत्र पेस गर्नेहरूमध्ये क्याम्पस सञ्चालक समितिको बैठकले तपसिलबमोजिमको सिलबन्दी दरभाउपत्र स्वीकृत गरेको हुँदा आफूले कबोल गरेको अङ्कको ५% रकम Performance Security जम्मा गरी यो सूचना प्रकाशित मितिले ७ दिनभित्रमा आफ्नो संस्थाको आधिकारिक छापसहित सम्झौता गर्न आउनु हुन जानकारी गराइन्छ । तोकिएको समयभित्र सम्झौता गर्न नआएमा नियमानुसार हुने बेहोरासमेत जानकारी गराइन्छ ।
यसको विस्तृत सूचनाका लागि Mou 1 मा क्लिक गर्नुहोस् ।
स्नातक तह बि ए बी एड तेस्राे तथा बि बि एस तेस्राे र चाैथाे बर्षकालागि शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७४ साल चैत्र ६ गते विहान ७ बजेबाट सञ्चालन गरिने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । याे सूचना क्याम्पसकाे सूचना पाटीमा समेत हेर्न सकिन्छ ।
सिलबन्दी दरभाउपत्र (Sealed Quotation) सम्बन्धी यस अघि नै प्रकासित भएकाे भएतापनि याे सुचना सेमिनार हल निर्माण सम्बनधी सूचना सँगै प्रकाशन भएकाले अस्पष्ट हुन गएकाे जानकारी अाएकाले स्पष्टताका लागि अलग्गै राखिएकाे छ । सिलबन्दी दरभाउ सम्बन्धि सूचना क्लिक गर्नुहाेस ।
प्रस्तुत सम्बन्धमा स्नातकाेत्तर तह M.Ed. तथा MBS प्रथम वर्षमा सेमेस्टर प्रणाली अन्तर्गत निम्नानुसार प्रवेश अावेदन गर्न सम्बन्धीत सबै विद्यार्थीहरुमा सूचित गरिएकाे छ ।सूचना हेर्न Notice for ad.(Semes-M.Ed & MBS) मा क्लिक गर्नुहाेस ।
सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । यसकालागि अावस्यक सिलबन्दी दरभाउपत्र समेत यसैसाथ समावेश गरिएकाे छ ।
सुकुना वहुमुखी क्याम्पस र विश्वविद्यालय अनुदान अायाेग उच्च शिक्षा परियाेजना अन्तर्गत क्याम्सकाे प्रशासनिक भवनकाे माथिल्लाे तलामा सेमिनार हल निर्माण गर्ने कार्यकालागि ३० दिने सूचना प्रकाशित गरिएकाे छ । साथै वाेलपत्रमा उल्लिखित विवरण अनुसार सामग्री न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक कम्पनीऽ पःर्म वा वित्रःेताहरुले सूचना प्रकासित मितिले १५ दिनभित्र बाेलपत्र पेश गर्न अाह्वान गरिएकाे छ । यसकालागि अावस्यक सिलबन्दी दरभाउपत्र समेत यसैसाथ समावेश गरिएकाे छ ।सूचना क्लिक गर्नुहाेस ।
यसै सूचना २ मा क्लिक गरी स्नातकाेत्तर तह दाेस्राे बर्ष २०७४ काे परीक्षाा भर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना हेर्नुहाेस ।