शैक्षिक बर्ष २०७५/७६ मा अध्ययन गरी शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरु मध्ये बि ए तेस्राे बर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७६/०३ / ११ गते विहान ७ बजेबाट र BBS, B.Ed, र B.Sc. तेस्राे वर्षका विद्यार्थीहरुकाे अन्तरवार्ता २०७६/०३ / १८ विहान ७ बजेबाट सञ्चालन हुने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ परिषद बैठक आज मिति २०७६ साल जेठ ३० गते क्याम्पसको सभाहलमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सामाजिक विकास मन्त्री श्री जीवन घिमिरेको आतिथ्यमा सम्पन्न उक्त बैठकको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले गर्नुभएको थियो । उक्त वैठकले क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठद्वारा प्रस्तुत क्याम्पसको बार्षिक प्रतिवेदन र आन्तरिक लेखा परिक्षणको प्रतिवेदनलाई पारित गरेको थियो भने सर्बसम्मत रुपमा तपसिलको क्याम्पस सञ्चालक समिति, लेखा समिति र पुनरावेदन समिति गठन गरियो ।
सञ्चालक समिति
१ केशव अधिकारी – सञ्चालक समिति अध्यक्ष
२ गोपालबहादुर थापा – सञ्चालक समिति उपाध्यक्ष
३ गणेशराज मास्के – सञ्चालक समिति सदस्य
४ सुरेन्द्रबहादुर थापा – सञ्चालक समिति सदस्य
५ पुण्यप्रसाद आचार्य – सञ्चालक समिति सदस्य
६ नरेन्द्र बस्नेत -सञ्चालक समिति सदस्य
७ ललितबहादुर श्रेष्ठ – सञ्चालक समिति सदस्य
८ लक्ष्मीप्रसाद फुँयल -सञ्चालक समिति सदस्य
९ नागेस पोख्रेल – सञ्चालक समिति सदस्य
१० ज्ञानेन्द्र ओझा -सञ्चालक समिति सदस्य
११ नेत्रप्रसाद ढकाल – सञ्चालक समिति सदस्य
१२ टीका चापागाईँ भट्टराई – सञ्चालक समिति सदस्य
१३ विन्दा दाहाल थापा – सञ्चालक समिति सदस्य
१४ नारायणप्रसाद चुडाल – सञ्चालक समिति सदस्य
लेखा समिति
१ चुडामणि तिम्सिना – लेखा समिति संयोजक
२ अमृतप्रसाद ढकाल- लेखा समिति सदस्य
३ योगराज काफ्ले – लेखा समिति सदस्य
पुनरावेदन समिति
१ अमृतप्रसाद आचार्य – पुनरावेदन समिति संयोजक
२ मकरानन्द पराजुली – पुनरावेदन समिति सदस्य
३ देवीप्रसाद आचार्य – पुनरावेदन समिति सदस्य
४ गोविन्दप्रसाद फुँयल – पुनरावेदन समिति सदस्य
५ उमेश वस्ती – पुनरावेदन समिति सदस्य
आज मिति २०७६ साल जेठ २८ गते क्याम्पस सञ्चालक परिषद्को १२ औँ बैठकको पूर्व अवसरमा क्याम्पसमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त हुनुहुने प्राध्यापक तथा कर्मचारीको बिदाई र सोहि अवसरमा क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउन सफल छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सम्पन्न गरियो । सुकुना क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख सह–प्राध्यापक श्री प्रेमप्रसाद भट्टराई, उपप्राध्यापक श्री भानु भण्डारी, उपप्राध्यापक हरीराम लिम्बू र स्टोर शाखाका कर्मचारी श्री प्रकाश मास्केलाई औपचारिक रुपमाा विदाई गरियो । यस अवसरमा विदाइ हुने प्राध्यापक कर्मचारीलाई क्याम्पसको विधान अनुसार क्याम्पसको तर्फबाट उपादानको रकम र प्राध्यापक कर्मचारी कल्याणकोषबाट उपहार प्रदान गरियो । छात्रवृत्तिकालागि छात्रवृत्ति समितिले छनोट गरेका छात्रछात्रालाई विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति कोष, अक्षयकोष, क्याम्पस कोष तथा स्थानीय व्यक्तित्व, वित्तीय सङ्घ सस्थाले प्रदान गर्ने गरी जम्मा रु.१२ लाख ५ हजार बरावरको रकम वितरण गरियो । यो रकम छनोटमा परेका १९३ विद्यार्थीहरूलाई प्रमाणपत्र सहित दाता संस्थाका प्रतिनिधि, अक्षयकोष स्थापना गर्ने व्यक्तित्व, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यापक, कर्मचारी, विद्यार्थी र पत्रकारको उपस्थितिमा प्रदान गरियो । प्रमुख अतिथि संविधानसभा सदस्य श्री चन्द्रबहादुर गुरुङ रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले गर्नुृभएको थियो भने क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले कार्यक्रमको उपादेयता र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री गोपालबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसमा निम्न मिति र समयमा तपसिलका कार्यक्रम हुने भएकाले कार्यक्रमलाई सघाउ पुर्याउँदै सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण प्राध्यापक कर्मचारीहरूमा अनिवार्य उपस्थितिकालागि सूचना गरिएको छ ।
मितिः २०७६ जेठ २८ गते समयः विहान ७ बजेबाट
१) विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण
२) सेवा निवृत्त प्राध्यापक तथा कर्मचारीको विदाई
स्थानः क्याम्पस सभाहल
मितिः २०७६ जेठ ३० गते विहान १०ः ३० बजेबाट ।
क्याम्पस परिषद्को बाह्रौँ बैठक
स्थानः क्याम्पस सभाहल ।
क्याम्पस प्रमुख
प्रस्तुत सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसको बाह्रौँ बैठक तपसिसलका प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्ने प्रयोजनकालागि निम्न मिति समय र स्थानामा हुने भएकाले यहाँको उपस्थितिकालागि अनुरोध छ ।
प्रस्तावहरू
१) प्रतिवेदनहरूमाथिको छलफल र अनुमोदन ।
२) आ.ब. २०७५÷०७६ को बार्षिक कार्यक्रम र बजेट अनुमोदन ।
३) सञ्चालनक समिति, लेखा समिति र पुनरावलोकन समितिको गठन ।
मितिः २०७६ जेठ ३० गते
समयः विहान १०ः ३० बजेदेखि ।
स्थानः क्याम्पस सभाहल ।
अन्य कार्यक्रमहरू
१) विद्यार्थीहरूलाई छात्रवृत्ति, पुरस्कार तथा प्रमाणपत्र वितरण
२) सेवा निवृत्त प्राध्यापक तथा कर्मचारीको विदाई
मितिः २०७६ जेठ २८ गते समयः विहान ७ बजेदेखि ।
स्थानः क्याम्पस सभाहल
यहि मिति २०७६ साल जेठ २५ गते विहान ६ः ३० बजेबाट Research Methodology in English Education (Eng. Ed.445) विषयको प्रयोगात्मक परीक्षा सञ्चालन हुने वेहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ । यस विषयसँग सम्बन्धित जानकारीकालागि विषय शिक्षक श्री नरप्रसाद भण्डारीसँग सम्पर्क गर्न समेत सूचित गरिन्छ । परिक्षार्थीले अनिवार्य रुपमा चौथो बर्षको परीक्षामा प्रयोग गरिएको प्रवेशपत्र साथै लिइ आउनुपर्नेछ ।
शैक्षिक बर्ष २०७५/७६ मा अध्ययनरत वि.एड. दोस्रो बर्ष, विविएस दोस्रो वर्ष, विए दोस्रो वर्ष तथा वि.एस्सी दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूले शुल्क सहुलियतकालागि दिएको निवेदनका आधारमा नियमानुसार मिति २०७६ साल जेठ १७ गते विहान ७ बजेबाट अन्तरवार्ता हुने वेहोरा सम्बन्धित सबै विद्यार्थीहरूमा सूचित गरिन्छ । साथै परीक्षाका कारण चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरूकालागि लिइएको आवेदनको अन्तरवार्तामा छुट्न गएका विद्यार्थीको अन्तरवार्ता भने मिति २०७६ साल जेठ १६ गते विहान ७ बजेबाट हुने वेहोरा समेत सबैमा सूचित गरिएको छ ।