BBA कार्यक्रमको नयाँ भर्नासम्बन्धी सूचना ।

विश्वविद्यालय अनुदान आयोगद्वारा QAA प्राप्त श्री सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा शैक्षिक वर्ष २०७६ का लागि स्नातक तह सेमेष्टर प्रणालीअन्तर्गत BBA कार्यक्रम प्रथम सेमेष्टरको प्रवेश परीक्षा CMAT मा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई सम्पर्क गर्न सूचित गरिन्छ ।

स्नातक तह प्रथम बर्षबाट अावेदन गर्ने विद्यार्थीहरुकाे शुल्क सहुलियतकालागि अन्तरवार्ता सम्बन्धि सूचना

प्रस्तुत सम्बन्धमा शैक्षिक वर्ष २०७६ सालमा यस क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूबाट शुल्क सहुलियतका लागि आवेदन लिइसकिएको छ । नियमानुसार आवेदन गर्ने वी.वी.एस. प्रथम बर्षका विद्यार्थीहरूको अन्तर्वार्ता यहि मिति २०७६ साल साउन १० गते र बी.एड प्रथम , वी.ए.प्रथम र वी.एस्सी प्रथम बर्षबाट आवेदन गर्ने विद्यार्थीहरूको अन्तर्वार्ता २०७६ साल साउन १९ गते हुने वेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

अङग्रेजी विषयको थेसिस लेखन अभिमूखिकरण सम्बन्धि सूचना ।

यस क्याम्पसको स्नातकोत्तर तह एम.एड. अङग्रेजी मूल विषय लिई अध्ययन गर्ने २०७५ को परीक्षामा संलग्न भएका विद्यार्थीहरुका लागि थेसिस लेखनसम्बन्धी अभिमुखीकरण सम्बन्धित सबैमा सूचित गरिन्छ ।

उपप्राध्यापक भट्टराई नेपाली विभागको विभागीय प्रमुख र भण्डारी फोकल पर्सनमा नियुक्त

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७६ साल असार २२ गतेको वैठकको निर्णयअनुसार उपप्राध्यापक श्री उमानाथ भट्टराईलाइ नेपाली विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको छ भने अर्का उपप्राध्यापक श्री नरप्रसाद भण्डारीलाई क्याम्पसको उच्च शिक्षा सुधार परियोजना( Higher Education Reform Project- HERP ) अन्तर्गत कामकाज गर्ने गरी मिति २०७६ साल साउन १ गतेबाट लागू हुने गरी फोकल पर्सनमा नियुक्ति गरिएको छ ।

उपप्राध्यापक श्री चन्द्रमणि राई क्याम्पस प्रमुखमा नियुक्त ।

मिति २०७६ साल असार १२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले क्याम्पस प्रमुखको पदबाट राजिनामा दिनुभएकाले सोहि बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरी श्रेष्ठकै प्रस्तावमा क्याम्पसको दिवा सत्रमा कार्यरत सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री चन्द्रमणि राईलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । राई यस क्याम्पसमा २०५० साल कार्तिक १७ देखि यस क्याम्पसमा भूगोल विषय प्राध्यापनरत हुनुहुन्छ । क्याम्पसले २०७६ साल असार १३ गते विहान अनौपचारिक कार्यक्रमका साथ सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र सञ्चालक समितिका पूर्व अध्यक्ष र वर्तमान सदस्यहरु, प्राध्यापक, कर्मचारी र विद्यार्थीको उपस्थितिमा क्याम्पसको कार्यकक्षमा अध्यक्षबाट क्याम्पस प्रमुखको नियुक्ति पत्र प्रदान गरिएको थियो भने पदभार ग्रहणकालागि निबर्तमान क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले पद हस्तान्तरण तथा पदस्थापन गराउनु भएको थियो ।