आई सि.टि.प्रथम सेमेस्टरको परीक्षामा सम्मिलित यस क्याम्पसका विद्यार्थीहरूको दोस्रो समेस्टरका कक्षाहरू मिति २०७४ साल साउन ८ गते आइतबारवाट सञ्चालन हुनेकुरा सम्बन्धित प्राध्यापक तथा विद्यार्थी बर्गमा सूचित गरिन्छ ।
सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङमा स्नातकोत्तर तह एम.एड.प्रथम र एम.वि.एस. प्रथम वर्षमा भर्ना खुलेको साथै मिति २०७४ बैशाख ३ गतेदेखि एम.एड.प्रथम र २०७४ साल बैशाख १३ गतेदेखि एम.वि.एस.का बिषयहरूको अध्ययन अध्यापन हुने भएकाले सम्बन्धित सबैमा सूचित गरिन्छ ।
सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना गरिएको छ । कृपया सूचाना पढि सहभागिता जनाइदिन सबैमा अनुरोध छ । सबै सरोकारवालाले आफ्ना साथीहरूलाई सेयर गरेर पनि सूचित गरिदिनुहोला ।
सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०८÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्य, सञ्चालक समितिका पदाधिकारी, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सञ्चालक समितिका पूर्व पदाधिकारी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, दाता महानुभाव, उद्योगी व्यापारी, समाजसेवी, श्रमजीवी, बुद्धिजीवी, राजनीतिकर्मी, विभिन्न सङ्घ संस्थालगायत क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याई दिनुहुन अनुरोध गरिन्छ ।Mahotsab Program Notice
सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ । Click- Invitation, Programs and Requirement
सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ ।
३ बर्षे स्नातक तह ( वि.एड। तथा बि.ए. , वि.वि.एस.) र ४ बर्षे स्नातक तह ( बी.बी.एस र बी.एस्सी.) तेस्रो वर्षको परीक्षा दिने विद्यार्थीहरूले त्रि.वि.द्वारा सञ्चालन गरिने २०७४ सालको परीक्षाकालागि निम्न सर्तहरू पूरा गरी यहि मिति २०७३ साल चैत्र १५ गते भित्रमा अनिबार्य रूपमा परीक्षा फटमा बुझाउनकालागि सम्बन्धित सबैमा सूचना गरिन्छ । क्लिक भनिएको स्थानमा क्लिक गरी पूर्ण सूचना हेर्नुहोस ।