सुकुना क्याम्पसमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न


मिति २०८० साल पुस १७ गतेका दिन बिआईसिटिई प्रथम सेमिष्टरमा अध्ययन गर्न आउने नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पसको उक्त
विभागले मङ्गलबारका दिन एक समारोह बिच साँस्कृतिक कार्यक्रम सहित खादा र फुलमाला तथा अविर लगाएर स्वागत गरिएको छ । उक्त
कार्यक्रममा आठौँ सेमिष्टर पूरा गरेका विद्यार्थीहरूलाई फूलमाला‚अविर लगाएर र मायको चिनो हस्तान्तरण गरी विदाइ पनि गरिएको छ ।
कार्यक्रमको पहिलो सत्रमा नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमूखीकरण गरिएको थियो । अभिमूखीकरण कार्यक्रममा कोर्सको
प्रकृति‚ आन्तरिक र वाह्य मूल्याङ्कन‚ प्रयोगात्मक र परियोजनात्मक कार्य‚ क्याम्पसले प्रदान गर्ने सेवा सुविधा र विद्यार्थीहरूले पालना गर्नु पर्ने
नियमका विषयमा स्पष्ट पारिएको थियो । दोस्रो सत्रको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र क्याम्पस प्रमुख
अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै तह पार

गरेका विद्यार्थीहरूलाई विदाइ गर्नु भएको थियो ।

Leave A Reply