सामाजिक सम्बन्ध विस्तारका लागि क्याम्पसले न्यानो कपडा वितरण

क्याम्पसले सामाजिक सम्बन्ध विस्तार र सामाजिक उत्तरदायित्वका लागि श्री देवता आधारभूत विद्यालय सुन्दरहरैँचा २ मोरङमा नर्सरी देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । क्याम्पसको आयोजनामा विद्यालयको प्राङ्गणमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री मध्यनारायण चौधरीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसको तर्फबाट अध्यक्ष श्री केशव अधिकारी‚ उपाध्यक्ष श्री ललितबहादुर श्रेष्ठ‚ समितका सदस्यहरू क्रमशः श्री सुरेन्द्रबहादुर थापा‚ श्री रामप्रसाद गजुरेल‚ श्री जनार्दन गुरागाईँ‚ सहायक क्याम्पस प्रमुख श्री बलराम पोखरेल‚ शिक्षक श्री रमेश खतिवडा र क्याम्पसका अधिकृत श्री नवराज कोइरालाले सिमान्तिकृत‚ आदिवासी‚ जनजाति ‚ गरिव र पिछडिएका वर्गका १२१ जना छात्रछत्रालाई न्यानो कपडा स्विटर वितरण गर्नु भएको थियो । कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधिहरू‚ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यहरू‚ शिक्षक‚ अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।