सुकुना क्याम्पसमा QAA सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचाको आयोजनामा मिति २०८० पुस ०९ गते सोमबारका दिन विहान ७:०० बजे देखि ११:०० बजेसम्म क्याम्पसको सभाकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षतामा भएको बृहत् भेलामा क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायान (Quality Assurance and Accreditation – QAA) सम्बन्धी क्याम्पसले हालसम्म गरेका कार्यहरूका विषयमा प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्यहरू‚ लेखा समितिका सदस्यहरू‚ पुनरावेदन समितिका सदस्यहरू‚ सल्लाहकार समितिका सदस्यहरू‚ सञ्चालक समितका पूर्वअध्यक्षहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ पूर्वविद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरू‚ छात्रवृत्ति प्रदान गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरू‚ अभिभावकका प्रतिनिधिहरू‚ शिक्षक एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।