सुकुना बहुमुखी क्याम्पसद्वारा कक्षा ११ र १२ को पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम सम्पन्न

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा पाठ्यक्रम, २०७६ तर्जुमा गरी शै. स. २०७७ देखि कक्षा १ र कक्षा ११ मा, २०७८ देखि कक्षा २, कक्षा ३ कक्षा, कक्षा ६ र १२ मा, २०७९ देखि कक्षा ४, कक्षा ७ र कक्षा ९ मा र २०८० देखि कक्षा ५, कक्षा ८ र कक्षा १० मा नयाँ पाठ्यक्रम लागु गर्ने भनी कार्यान्वयनमा ल्याएको छ । वर्तमान अवस्थामा कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालका शैक्षिक संस्था, प्राज्ञिक गतिविधि र हाम्रो जीवन पद्धतिलाई नै नकारात्मक प्रभाव पारिरहेको यस प्रतिकूल अवस्थामा सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङले मिति २०७७ कार्तिक २०, २१ र २२ गतेका दिन जुम सफ्टवेयरको प्रयोग गरी भच्र्चुयल माध्यमबाट कक्षा ११ र १२ का अनिवार्य विषयहरू अङ्ग्रेजी, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा र नेपाली पाठ्यक्रमको प्रबोधीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा प्रदेश नं. १ र २ मा कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम सञ्चालन गरेका सबै विद्यालय र क्याम्पसहरू तथा अन्य प्रदेशका शैक्षिक संस्थाहरूलाई पनि प्रतिनिधिमूलक रूपमा सहभागी गराइएको थियो । कक्षा ११ र १२ मा अनिवार्य अङ्ग्रेजी अध्यापन गर्ने ३०० शिक्षकहरू सहभागी भएको २०७७ कार्तिक २० गतेको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक श्री केशवप्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा  व्यवस्थापन कार्यालय प्रदेश नं. १ का निर्देशक श्री डम्बरकुमार बतास र शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ का निर्देशक श्री राजेन्द्र बुढाथोकीले कार्यक्रमलाई सम्बोधन गरी सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । पहिलो दिनको दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका अङ्गे्रजी विषयका विज्ञ श्री शङ्कर अधिकारीले सो विषयको पाठ्यक्रमका विषयवस्तु, पाठ्यवस्तु, शिक्षण विधि र मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । सोही दिन त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसका अङ्ग्रेजी विषयका विज्ञ प्रा.डा.बालमुकुन्द भण्डारीले अङ्ग्रेजी विषयमा भाषिक सक्षमताका क्षेत्र र शिक्षण तथा मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री गुणराज नेपालले अङ्ग्रेजी भाषामा सिर्जनात्मक तथा समालोचनात्मक साहित्यिक विषयवस्तुको प्रयोग तथा यसका चुनौतीहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । पहिलो दिनको सो कार्यक्रममा सहभागीहरूलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारीले स्वागत गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै पहिलो दिनको कार्यक्रम समापन गर्नु भएको थियो ।

२०७७ कार्तिक २१ गतेको दोस्रो दिन कार्यक्रममा कक्षा ११ र १२ मा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्यापन गर्ने ३०० भन्दा बढी शिक्षकहरू सहभागी हुनु भएको थियो । कार्यक्रममा सहभागीहरूलाई कक्षा ११ र १२ कार्यक्रमका संयोजक तथा उपप्राध्यापक श्री कान्ता सुवेदीले स्वागत गर्नु भएको थियो । उक्त दिनको पहिलो सत्रमा प्रमुख अतिथिको रूपमा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष श्री शिवराम सञ्जेलले सम्बोधन गर्नु भएको थियो भने अतिथिका रूपमा  सुन्दरहरैँचा नगरपालिका शिक्षा शाखाका उपसचिव श्री दामोदर चापागाईँले सम्बोधन गर्दै सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।  कार्यक्रमको दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक श्री गणेशप्रसाद भट्टराईले पाठ्यक्रम तर्जुमाका प्रक्रिया, चरण र कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका विषयमा प्रतुतीकरण गर्नुभएको थियो । पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका विज्ञ श्री हेमराज खतिवडाले सो विषयका अवयवहरू, पाठ्यक्रम कार्यान्वयन, शिक्षण तथा मूल्याङ्कन विधिका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने सुकुना बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख तथा उपप्राध्यापक श्री गणेशप्रसाद दहालले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका उद्भव, सिद्धान्तहरू, आश्यकता, चुनौतीहरू र कार्यान्वयनका लागि सुझाव तथा समालोचनात्मक टिप्पणी सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा अन्तमा क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री केशवराज भट्टराईले कार्यक्रमको समीक्षा गर्नु भएको थियो भने दुवै दिनको कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्राध्यापक श्री नरप्रसाद भण्डारीले गर्नु भएको थियो । अन्तमा क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

कार्यक्रमको तेस्रो दिन २०७७ कार्तिक २२ गतेका दिन अनिवार्य नेपाली विषयको अध्यापन गर्ने ३०० भन्दा बढी शिक्षकहरू सहभागी हुनु भएको कार्यक्रमको सञ्चालन नेपाली शिक्षण समितिका अध्यक्ष श्री उमानाथ भट्टराईले गर्नु भएको थियो । सो दिनको पहिलो सत्रमा प्रमुख अतिथिका रूपमा पूर्वक्याम्पस प्रमुख तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पीतकुमार श्रेष्ठले सम्बोधन गर्नु भएको थियो भने अतिथिका रूपमा शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख श्री दीर्घध्वज चापागाईँले कार्यक्रमको महŒव सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई उपप्राध्यापक श्री नरप्रसाद भण्डारीले स्वागत गर्नु भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका नेपाली विषयका विज्ञ श्री इन्दु खनालले अनिवार्य नेपाली विषयको पाठ्यक्रमका अङ्गहरू, शिक्षण तथा मूल्याङ्कन विधि, चुनौतीहरू र पाठ्यपुस्तको समीक्षा गर्नु भएको थियो । यही क्रममा त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसका प्रा.डा.रमेशप्रसाद भट्टराईले भाषा शिक्षणका सिद्धान्त, रणनीति, पाठ्यक्रम कार्यान्वयनको तरिका र चुनौतीको सूक्ष्म विश्लेषण गर्नु भएको थियो । सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री दीपकप्रसाद न्यौपानेले पाठ्यक्रमको झलक सहित पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा गर्दै प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको अन्तमा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल क्याम्पस एकाइ समितिका अध्यक्ष तथा व्यवस्थापन सङ्कायका संयोजक श्री बलराम पोखरेलले तीन दिने कार्यक्रमका उपलब्धिहरू र आगामी दिनका कार्यक्रमको समीक्षा गर्नु भएको थियो र क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले सहभागी सबै अतिथि, विज्ञ र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो । प्रस्तुत तीन दिनकै कार्यक्रमको लागि प्राविधिक सहजीकरणको काम क्याम्पसका शिक्षक श्री धर्मकुमारी कालाखेतीले गर्नु भएको थियो भने सो कार्यक्रमको प्रतिवेदन तथा अभिलेखीकरण श्री गणेशप्रसाद दहाल, शङ्कर देवान र वासुदेव दाहालले गर्नु भएको थियो । कार्यक्रमको प्रत्येक दिन सहभागीहरू बिच छलफल कार्यक्रम सञ्चालन गरिएको थियो ।

तीन दिवसीय प्रवोधीकरण कार्यक्रमसम्बधी सुचना

सुकुना बहुमुखी क्याम्पसले कक्षा ११ को अनिवार्य विषय (अङ्ग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षा) का पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धी अनलाइनबाट प्रवोधीकरण कार्यक्रमको आयोजना गर्ने भएको र उक्त कार्यक्रममा सहभागिताको लागि कक्षा ११ र १२ सञ्चालित प्रदेश नं. १ र २ का सबैजसो विद्यालय र क्याम्पसहरूलाई पत्र पठाइ सकिएको छ । तल दिइएको लिङ्कमार्फत गुगल फारम भरी विद्यालय वा क्याम्पसको आधिकारिकता पुरा गरी सहभागीताका लागि अनुरोध छ ।

कार्यक्रम

मिति ः– २०७७ कार्तिक २०, २१ र २२ गते

समय ः– दिउँसो २ बजेदेखि ५.३० सम्म

Click Here to register

SSR and Annexes 2020

Self Study Report(SSR)-2020   


Volume-I-SSR-Annex-1-21      


Volume-II- SSR-Annex 22-53       



Volume- III-SSR-Annex-54-70       


Volume IV-SSRAnnex -71-100       


Volume-V-SSR-Annex-101-115       


Volume-VI-SSR-Annex-116-158       


Volume-VII-SSR-Annex-159-175       


Volume-VIII-SSR-Annex-176-181       


Volume-IX-SSR-Annex-182-187       


Volume-X-SSR-Additional-annexes