सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

सुकुुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१  गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । पानसमा बत्ती बालेर सुरू गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट क्याम्पस स्थलमा निर्मित सरस्वती मन्दिरको शिलान्यास, पुस्तक प्रदर्शनी र विज्ञान प्रदर्शनीको अवलोकन गर्ने कार्य समेत गरियो । प्रमुख अतिथिज्यूबाट सुकुना बहुमुखी क्याम्पसको Research Management Cell (RMC) ले प्रकाशन गरेको Academic Journal of Sukuna (AJOS) को विमोचन गर्नुभएको थियो ।
यस अवसरमा कलाकार अन्जु गौतम र साजन राईबाट अतिथि कलाकारका रूपमा गायन प्रस्तुत भएका थियो भने, सुकुना बहुमुखी क्याम्पस, बालप्रतिभा आवासिय माध्यमिक विद्यालय र शिद्धार्थ आवासिय माध्यमिक विद्यालयका विद्यार्थीका तर्फबाट गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने महानुभाव,पूर्ब विद्यार्थी, पूर्व स्ववियू सभापतिहरू, क्याम्प्सका प्राध्यापक सङ्घका पूर्व सभापतिहरू,स्थापना कालमा रु२५,०००÷— भन्दा माथी क्याम्पसलाई सहयोग गर्नुहुने दाताहरू, यस क्याम्प्समा अध्ययन गरी विभिन्न निकायमा उच्च पदमा पुग्न सफल पूर्वविद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । यसै अवसरमा रजत महोत्सव सफल वनाउन सहयोग गर्नुहुने चन्दा दाताहरूको नाम पनि वाचन गर्ने कार्य गरियो ।

पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रम निकै आकर्षक थियो जसमा यो क्याम्पसमा अध्ययन गरी हाल आफ्नो कार्यमा व्यस्तताका बवजुद उत्साहजनक रूपमा पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.तीर्थराज खानियाले क्याम्पस Academic Autonomic तर्फ जान सकोस, स्थानीय अवश्यकताका बिषय सम्बोधन गर्न र बदलिदो विश्वपरिवेशमा प्रतिस्पर्धी बनोस भन्ने शुभकामना दिनुभएको थियो भने स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी भोलेश्वर दुलालबाट सधै साथ सहयोग रहने भाव व्यक्त गर्दै सुव्यवस्थित रूपमा सुभकामना मनतव्य राख्नु भएको थियो । पूर्वस्ववियू सभापतिहरू मध्येबाट यज्ञ सुवेदी, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष श्री डिकबहादुर लिम्बू,पूर्वविद्यार्थीहरूमध्येबाट नै टंक गौतम र प्रेमप्रकाश उप्रेतीले पनि मनतव्य राख्नुभएको थियो । क्याम्पस स्थापना कालका अग्रज श्री हरी बैरागी दाहालले पनि क्याम्पस विकास र विस्तारका सम्भावनालाई समेत समेट्दै सुभकामना मनतव्य दिनुभएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट  क्याम्पस  प्रमुख पीतकुमार श्रेष्ठले स्वागत र सहायक क्याम्पसक प्रमुख प्रेमप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न गरियो । उक्त कविता गोष्ठीमा पूर्वाञ्चलका प्रतिष्ठित कविहरूको उपस्थिति रहेको थियो भने झापा, मोरङ र सुनसरीका ८० जनाको उपस्थितिमा ५२ जना कविहरूले कविता बाचन गर्नुभएको थियो । यस कार्यक्रमको प्रमुख अतिथिमा श्री उपेन्द्र बस्नेत (पागल) , तथा अतिथिहरूमा प्राज्ञ श्री दधिराम सुवेदी र श्री दिवस पोखरेलकोे उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री दिपक न्यौपानेले गर्नु भएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सेमिनार सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २६ गते शनिबार कार्यक्रम क्याम्पसको हलमा ८२ जना सहभागि रहेको सेमिनारमा  २  ओटा कार्यपत्र (सङ्घीयतामा शिक्षा र प्रदेश नं. १ को सम्वृद्धिको सवाल) प्रस्तुती र टिप्पणी भइ सम्पन्न गरियो । पहिलो कार्यपत्र सुकुना बहुमुखी क्याम्पसका तर्फबाट तयार गरिएको अवधारणा पत्र श्री नरप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको र यसको टिप्पणी डा. पेशल खनाल र अशोक कालाखेतीले गर्नु भएको थियो भने दोस्रो कार्यपत्रको प्रस्तुती डा. अर्जुन बरालले गर्नु भएको र यसको टिप्पणी प्रा.डा. पि.के. झा र बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्टार श्री तुलबहादुर श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको संयोजन सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख श्री चन्द्रमणी राईले गर्नुभएको थियो । उक्त अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष श्री गुरु बरालले समेत कार्यपत्रमा आएका विचार प्रति आफ्ना भनाइ राख्नु भएको थियो ।

सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २८ गते रक्तदान कार्यक्रम गरियो । उक्त कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत समुदायका मानिसहरूको समेत योगदान भइ जम्मा १२७ पिन्ट ब्लड जम्मा गरी नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय विराटनगरमा जम्मा गरिएको थियो । उक्त कार्यक्रमको संयोजन सहायक क्याम्पस प्रमुख श्री चन्द्रमणी राईले गर्नु भएको थियो ।

रजत महोत्सवको अवसरमा पत्रकार सम्मेलन ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सम्पन्न भइसकेका र हुन बाकी कार्यक्रमको समेत जानकारी गराउने उद्देश्यले मिति २०७३ साल चैत्र २९ गते १२ बजे क्याम्पस प्रमुखको कार्यकक्षमा पत्रकार माझ क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले पत्रकार हरूको भेला गराई जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठ र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्के ले दिनुभएको थियो । उक्त अवसरमा राजधानी दैनिक, कान्तिपुर दैनिक, हिमसिखर टेलिभिजन, अन्नपूर्ण पोष्ट, ब्लाष्ट दैनिकका पत्रकारहरू लगायत स्थानीय पत्रकारहरूकोसमेत उपस्थिति रहेको थियो ।

प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान र पुस्तक पदर्शनीको अवलोकन सहित रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको २०७३ चैत्र ३० गतेको कार्यक्रम भब्य रूपमा सम्पन्न ।

आज मिति २०७३ साल चैत्र ३० गते सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको पहिलो दिन विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीज्यूको प्रमुख आतिथ्यमा उत्साहजनक रूपमा सम्पन्न भयो । योजना अनुरूप प्रमुख अतिथिज्यूबाट प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान तथा पुस्तक प्रदर्शनीको अवलोकन भयो । उक्त अवसरमा साँस्कृतिक कार्यक्रम समेत प्रस्तु गरियो जस्मा कलाकार तुलसी पराजुलीको गायन र क्याम्पसका विद्यार्थीहरूले प्रर्शन गरेको तृत्य प्रस्तुतीको अवलोकन पनि गरिएको थियो । क्याम्पसका विद्यार्थीहरू, प्राध्यापक, कर्मचारी, स्ववियू पदाधिकारी तथा अभिभावको उत्साहजनक उपस्थितिमा कार्यक्रम भएको थियो ।
उक्त अवसरमा प्रा.डा. अधिकारीको मनतव्यमा यसक्याम्पसले गरेको प्रगतिकोप्रशंशा, चन्दादाताको सहयोग पनि प्रशंशा गर्दै अवका दिनमा अनुसन्धानका क्षेत्रमा क्याम्पसले लगानी बढाउनुपर्ने तर्फ ध्यानाकर्षया समेत गराउनुभएको थयो । क्याम्पसक सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस स्थापनाकालका जग्गा तथा नगद दाताहरूलाई प्रमाणपत्र समेत वितरण गरियो भने रजत महोत्सवका अवसरमा भएका खेलकुद, वादविवाद, कविता गोष्ठी आदि अतिरिक्त क्रियाकलापमा छनोटमा परेका विभिन्न क्याम्पसका सहभागिहरूलाई पनि प्रमाणपत्र वितरण गर्ने कार्य सम्पन्न गरियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख कार्यक्रममा सहभागिताका लागि सूचना गरिएको छ । कृपया सूचाना पढि सहभागिता जनाइदिन सबैमा अनुरोध छ । सबै सरोकारवालाले आफ्ना साथीहरूलाई सेयर गरेर पनि सूचित गरिदिनुहोला ।

Notice for Participation

क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते रजत महोत्सव भव्य रूपमा मनाइने ।

सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०८÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल चैत्र ३०, ३१ र २०७४ साल वैशाख ०१ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्य, सञ्चालक समितिका पदाधिकारी, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सञ्चालक समितिका पूर्व पदाधिकारी, पूर्व शिक्षक, पूर्व विद्यार्थी, दाता महानुभाव, उद्योगी व्यापारी, समाजसेवी, श्रमजीवी, बुद्धिजीवी, राजनीतिकर्मी, विभिन्न सङ्घ संस्थालगायत क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याई दिनुहुन अनुरोध गरिन्छ ।Mahotsab Program Notice

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ । Click- Invitation, Programs and Requirement

रजत महोत्सव सम्बन्धि कार्यक्रम, निमन्त्रणा र आवस्यकता

सुकुना वहुमखी क्याम्पसको रजत महोत्सबका सबै कार्यक्रम सञ्चालन भइरहेका छन् । सम्पूर्ण कार्यक्रम विवरण यसै साथ (क्लिक भनिएको स्थानमा क्लिक गर्दा हेर्न सक्नु हुने छ ) प्रस्तुत छ । सबैमा सहभागिताका लागि निमन्त्रणासाथ अनुरोध छ ।

Click – For Details