क्याम्पसमा विज्ञान‚ प्रविधि तथा व्यवसायिक प्रदर्शनी समापन

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा मोरङमा क्याम्पस र विद्यार्थिहरूको व्यवस्थापनमा मिति २०८० फागुन २१ – २३ गतेसम्म विज्ञान‚ प्रविधि तथा
व्यवसायिक प्रदर्शनी SMC InnoveX 2080 सञ्चालन भई मिति २०८० फागुन २३ गते अपरान्हमा एक समारोहका बिच उक्त प्रदर्शनी कार्यक्रमको समापन गरिएको छ । क्याम्पसको प्राङ्गणमा तीन दिनसम्म सञ्चालित उक्त प्रदर्शनीमा झापा‚ मोरङ र सुनसरीका विभिन्न क्याम्पस‚ विद्यालय‚ समूदाय‚ व्यापारिक प्रतिष्ठान‚ अभिभावक‚ शिक्षक र विद्यार्थीहरू गरी पचास हजारभन्दा बढिले अवलोकन गरेका छन् । प्रदर्शनीमा विद्यार्थी र व्यवसायिहरूका जम्मा ४९ स्टलहरू राखिएका थिए भने व्यवस्थापन सङ्कायका विद्यार्थीहरूको सकृयतामा सफल व्यवसायी‚ उद्योगी‚ व्यापारी र उत्प्रेरकको सहजीकरणमा विद्यार्थीहरू बिच प्यानेल छलफल सञ्चालन गरिएको थियो । त्यस्तै प्रदर्शनीलाई आकर्षक बनाउन विद्यार्थीहरूबाट विविध प्रकृतिको साँस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदर्शनीमा स्टल राख्ने विद्यार्थी‚ व्यापारी‚ प्रतिष्ठान र स्वयमसेवकहरूलाई क्याम्पसबाट प्रमाणपत्र वितरण गरिएको थियो ।