क्याम्पसमा अतिरिक्त क्रियाकलाप कार्यक्रम समापन

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको अतिरिक्त क्रियाकलाप समितिको वार्षिक कार्ययोजनाअनुसार विभिन्न तह‚ सङ्काय र कक्षाहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि फागुन ३ गते देखि १८ गतेसम्म एथलेटिक्स‚ भलिवल‚ क्रिकेट‚ वास्केटवल र फुटवल खेलकुद कार्यक्रम सञ्चालन गरी सो कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा एथलेटिक्सतर्फ १०० मिटर दौडमा ७ जना छत्र र ९ जना छात्रा‚ २०० मिटर दौडमा ७ जना छात्र र ९ जना छात्रा‚ ४०० मिटरम १० जना छात्र र ८ जना छात्रा‚ ८०० मिटर दौडमा ५ जना छात्र र ६ जना छात्रा र १५०० मिटर दौड ८ जना छात्र र ६ जना छात्रा सहभागी भएका थिए । हाइजम्प खेलमा १८ जना छत्र र ११ जना छात्रा ‚ लङजम्प खेलमा १९ जना छात्र र १४ जना छात्रा तथा सटपुट खेलमा ९ जना छत्र र १६ जना सहभागी भएका थिए । भलिवल खेलमा छात्रातर्फ जम्मा ५ वटा टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚ बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएको र छत्रतर्फ जम्मा १३ टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚ बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएका छन् । क्रिकेटतर्फ जम्मा १० वटा टिम सहभागी भएकोमा बिआईसिटीईले प्रथम स्थान र बिबिएस कक्षाले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । बास्केट वल खेलमा जम्मा ६ समूह सहभागी भएकोमा बिबिएस चौथो वर्षको समूह प्रथम र बिबिएस तेस्रो वर्षको समूह दोस्रो भएका छन् । फुटवल खेलतर्फ जम्मा २० टिम सहभागी भएकोमा बिबिएस समूह प्रथम र बिएड/बिआईसिटिई समूह द्वितीय भएका छन् । क्याम्पसले मिति २०८० फागुन २३ गतेका दिन एक कार्यक्रमको आयोजना गरी विभिन्न खेलमा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार भलिवल‚ फुटवल‚ वास्केटवल र क्रिकेटमा प्रथम हुने प्रत्येक समूहलाई रु. १०‚५००/- नगद ‚ मेडल र प्रमाणपत्र तथा द्वितीय हुने प्रत्येक समूहलाई रु.५‚५००/- नगद‚ मेडल र प्रमाणपत्र तथा एथलेटिक्स तर्फ प्रथम‚ द्वितीय र तृतीय हुनेलाई मेडल र प्रमाणपत्रबाट सम्मान गरिएको छ ।