दोस्रो चरणको QAA का लागि विश्वविद्यालय अनुदान आयोगको टोलीद्वारा सुकुना क्याम्पसमा पहिलो दिनको भ्रमण सम्पन्न ।दोस्रो चरणको QAA का लागि विश्वविद्यालय अनुदान आयोगको टोलीद्वारा सुकुना क्याम्पसमा पहिलो दिनको भ्रमण सम्पन्न ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट QAA मूल्याङ्कन प्रयोजनको लागि मिति २०८० पुस २२ गतेका दिन समकक्षी पुनरावलोकन टोली
क्याम्पसमा आएको छ । उक्त टोलीमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँको संयोजकत्वमा प्रा.डा.
सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको QAA डिभिजन डेपुटि डइरेक्टर भगवती पौडेल सहितको टोलीद्वारा पुस २२ गते देखि २६ गतेसम्म पाँच दिन क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚ विभागीय प्रमुख‚ शिक्षक‚
विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरू सँग बसेर छलफल‚ अन्तर्क्रिया‚ प्रश्नोत्तर गर्नेछ । यसक्रम
टोलीले क्याम्पसका नीति‚ नियम‚ निर्देशिका‚ कार्यक्रम‚ अभिलेख‚ अनुसन्धान क्रियाकलाप‚ पठनपाठन‚ कार्यालय सञ्चालन‚ भौतिक पक्षको
अनुगमन र मूल्याङ्कन गर्नेछ ।         यसक्रममा आइतबार अपरान्हमा उक्त टोलीलाई क्याम्पसमा स्वागत गरिएको थियो । क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदन समिति‚ क्याम्पस प्रशासन‚ विभागीय प्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरूको उपस्थितिमा भएको स्वागत कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको सभापतित्वमा भएको स्वागत कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । क्याम्पसको स्वमूल्याङ्कन समितिका संयोजक नरप्रसाद भण्डारीले पहिलो चक्रमा क्याम्पसले QAA प्राप्त गरेपछि र हालसम्ममा गरेका उपलब्धिहरू सहित पच्चिस वर्षे गुरुयोजनाको खाका प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा टोलीका संयोजक प्रा.डा. खनियाँले पहिलेको तुलनामा क्याम्पसले गुणस्तरमा सुधार गरेकोमा सन्तोष व्यक्त गर्नु भएको छ ।औपचारीक कार्यक्रमको समापन पछि विज्ञ टोलीले भौतिक पक्ष‚ विभागीय गतिविधि‚ विभागका अभिलेख र पुस्तकालयको एकसरो अध्ययन गरेको थियो । भोली मिति २०८० पुस २३ गते सोमबार विहान देखि अपरान्नसम्म पूर्वनिर्धारित तालिकाअनुसार विद्यार्थीहरू‚ पूर्वविद्यार्थीहरू‚रोजगारदाताहरू‚ शिक्षकहरू‚ विभागीय प्रमुखहरू र विभिन्न समिति तथा उपसमितिहरू सँग छुट्टाछुट्टै छलफल र अन्तर्क्रिया हुनेछ।