First SMC International Conference 2025 of Sukuna Multiple Campus on Sustainability in Higher Education: Integrating Local and Global Knowledge

FIRST SMC Intl Conference 2025

Campus Profile

Sukuna Multiple Campus (SMC), established in 2048 B.S. (1992 A.D.), is a highly regarded community-based academic institution affiliated to Tribhuvan University. Located in Sundarharaincha Municipality-12, Morang, Koshi Province, Nepal, the campus spans an expansive area of over 32,169.97 square meters. It offers a diverse portfolio of academic programs, ranging from bachelor’s degrees in Humanities, Education, Management, and Science to specialized semester-based programs such as BBA and BICTE. At the postgraduate level, it provides Master’s Degrees in Education and Management, offering seven distinct specialization options under the Faculty of Education.

Renowned for its dedication to academic excellence, SMC has been qualified for Quality Assurance and Accreditation (QAA) certification since 2015. Enriching its academic offerings, the campus emphasizes vibrant extracurricular activities, fostering social responsibility, environmental consciousness, and community engagement. Above all, SMC stands as an embodiment of integrity, inclusivity, and sustainability, dedicated to shaping future leaders who will excel locally and globally.

विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसले दोस्रो चरणको QAA प्रमाणपत्रप्राप्त


सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा मोरङले मिति २०८१ साल कार्तिक ०९ गते शुक्रबार दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान – QAA (गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपाल,सानोठिमी, भक्तपुरको सभाकक्षमा भएको एक भव्य कार्यक्रममा क्याम्पसले QAA अवार्ड गरिएको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रममा आयोगकि QAA डाइरेक्टर प्रा.डा. रेजिना मास्केले स्वअध्ययन भ्रमणको अनुभव र प्रतिवेदनको साराशं प्रस्तुत गर्नु भएको थियो । समारोहमा त्रिभुवन विश्वविद्यालयका QAA डाइरेक्टर डा. प्रेम थापा र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब गौतम, स्वअध्ययन टोलिका प्रमुख एवम् त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ र प्रा. डा. मनप्रसाद वाग्लेले क्याम्पसहरूलाई बधाई गर्नु भएको थियो ।
प्रतिवद्धता व्यक्त गर्ने क्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आगामि दिनमा क्याम्पसले अझै नवप्रवर्तन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, गुणस्तरमा बढोत्तरी गर्ने, अटोनोमिका कार्यक्रम सञ्चालन गर्ने बताउँदै क्याम्पसको छोट‍ परिचय प्रस्तुत गर्नु भएको थियो । समारोहको सभापतिका रुपमा रहेका अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सुकुना बहुमुखी क्याम्पसका सबै गतिविधिबाट आयोग सन्तुष्ट भएकोमा क्याम्पसलाई बधाई दिँदै क्याम्पसलाई दोस्रो चरणको QAA को प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

क्याम्पसको तर्फबाट अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष अर्जुनराज अधिकारी, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, लेखा समितिका संयोजक चन्द्रप्रसाद फुँयल, सञ्चलक समितिका सदस्यहरू क्रमश: हेमचन्द्र घिमिरे एवम् नेत्रप्रसाद ढकाल, नगर उपप्रमुख अकली चौधरी, सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहाल, स्वमूल्याङ्कन टोलीका संयोजक तथा सदस्यहरू क्रमश: नरप्रसाद भण्डारी, नवराज कोइराला, सूर्यप्रसाद अधिकारी, प्राध्यापक सङ्घका सभापति जनार्दन गुरागाईँ, शिक्षकहरू क्रमश: सुकदल लिम्बू, कान्ता सुवेदी, उषाकिरण वाग्ले लगायतका प्रतिनिधिहरू र लेखाफाँट प्रमुख युवराज सुवेदीले संयुक्तरूपमा प्रमाणपत्र ग्रहण गर्नु भएको थियो ।

क्याम्पस परिषद्को अठारौँ बैठक सम्पन्न

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङका सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा परिषद्को अठारौँ बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्कमतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रतिनिधि सभाका माननीय सदस्य डा. सुनिल शर्मा, कोशी प्रदेश सभाका माननीय सदस्य ज्ञानेन्द्र सुवेदी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ र त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक सहप्राध्यापक डा. डिल्ली प्रसाईँ विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभएको थियो भने सुन्दरहरैँचा नगरपालिकाका नगरउपप्रमुख अकली चौधरीज्यू, कोशी प्रदेश सरकारका पूर्वराज्यमन्त्री राजकुमार ओझा र नगरपालिकाका प्रवक्ता रोषन ढकाल अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । परिषद् बैठकमा परिषद्का सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थी प्रतिनिधि गरी २५० जनाभन्दा बढि उपस्थित भएका थिए । परिषद् बैठकमा सञ्चालक समितिकोतर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आ.व. २०८०/०८१ को शैक्षिक, व्वस्थापकीय, सञ्चालित शैक्षक कार्यक्रमहरू, शैक्षणिक विधि, सिकाइ उपलब्धी, भौतिक, आर्थिक पक्षसहीतको वार्षिक प्रगति प्रतिवेदन, आ. व. २०८१/०८२ को नीति तथा कार्यक्रम र रु. एक्काइस करोड अन्ठानब्बे लाख बाह्र हजार छ सय अठ्ठाइस पैसा सन्तान्ब्बेको अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्धाटन सत्रमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र क्याम्पस प्रमुखबाट क्याम्पस स्थापना, विकास, विस्तार र ख्यातिका लागि महत्वपूर्ण सहयोग पुर्यारउनु हुने संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पसमा तीन पटकसम्म अध्यक्ष हुनु भएका संविधान सभाका माननीय सदस्य चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् पूर्व उपाध्यक्ष उदयनारायण काफ्ले र चन्दादाता एवम् समितिका पूर्व सदस्य मानबहादुर बस्नेतलाई नेपाली टोपि, दोसल्ला र ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गण र परिषद् सदस्यलाई सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो ।

क्याम्पस परिषद् बैठको बन्दसत्रमा आ.व. २०८०/०८१ को क्याम्पसको प्रगति प्रतिवेदन, क्याम्पसको आन्तरिक लेखा परीक्षण प्रतिवेदन, क्याम्पसको वाह्य लेखा परीक्षण प्रतिवेदन र आ.व. २०८१/०८२ का लागि क्याम्पसको नीति तथा कार्यक्रम, रु. एक्काइस करोड अन्ठानब्बे लाख बाह्र हजार छ सय अठ्ठाइस पैसा सन्तान्ब्बेको क्याम्पसको बजेट, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरी परिषद् बैठक सम्पन्न भएको छ ।

क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

यस सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई क्याम्पसले मिति २०८१ साल असोज १५ गतेका दिन क्याम्पस सभाकक्षमा एक समारोह गरी छत्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ/संस्था/निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रमाणपत्रसहीत जम्मा रु. १८,८१,९९८/- रकम छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा क्याम्पस सभाकक्षमा छात्रवृत्ति वितरण समारोहमा अक्षयकोषदाताहरू, छात्रवृत्ति दाता सङ्घ/संस्था/सहकारी/बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू गरी करिब ३५० जनाभन्दा बढि सहभागि रहेका थिए । संविधान सभाका माननीय सदस्य श्री चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । मन्तव्यका क्रममा आगामी मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको जानकारी पनि अधिकारी दिनु भएको थियो । प्रमुख अतिथी गुरुङ र अध्यक्ष अधिकारीले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने सङ्ख्या वृद्धि गर्दैजाने र यसबाट क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने धारणा राख्नु भएको थियो । सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अक्षयकोषको व्याज, विभिन्न सङ्घ/संस्था/निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले छात्रवृत्तिका लागि उपलब्ध गराएको रकम, विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको छात्रवृत्ति र रुक्माङ्गत ट्रष्टले उपलब्ध गराएको छात्रवृत्ति समेत गरी जम्म २५१ जना विद्यार्थीहरूले पहिलो चरणमा जम्मा रु. २९,३२,१९८/- छात्रवृत्ति प्राप्त गर्न सफल भएको विवरण प्रस्तुत गरिएको थियो ।

क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको अतिरिक्त क्रियाकलाप समिति र नेपाली शिक्षण विभागको संयुक्त आयोजनामा मिति २०८१ साल असोज १४ गते सोमबारका दिन वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएका थिए । आयोजक समितिले वक्ताहरूका लागि “राष्ट्रको समृद्धिमा प्रतिभा पलायनको असर” शीर्षकमा प्रतयोगिता गराएको थियो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवम् सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने, उपप्राध्यापक उमादेवी गुरागाईँ र शिक्षणसहायक विक्रम थापाले प्रतियोगिहरूको मूल्याङ्कन गर्नु भएको थिए । मूल्याङ्कन समितिले वक्ताहरूका विभिन्न पक्षहरूको मूल्याङ्कन गरी मूल्याङ्कन टोलीको तर्फबाट डा. न्यौपानेले बिएस्सी प्रथम वर्षका सुमन ढुङ्गाना, बिएड प्रथम वर्षका पुनम दाहाल, बिएड प्रथम वर्षकै टीकाराम कार्की र बिबिएस प्रथम वर्षका आकृती सुवेदी क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्वना स्थान घोषणा गर्नु भएको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै थप सफलताका लागि उत्प्रेरण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक खगेन्द्रराज दाहालले गर्नु भएको थियो ।

क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला सम्पन्न

सुकुना बहुमुखी क्याम्पसले २०८१ भदौ २० गते शनिबारका दिन क्याम्पस सभाकक्षमा शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक अध्यात्म, योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञका प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । सहजकर्ता डा. अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मक सोचको विकास गर्ने तरिकाहरू प्रस्तुत गर्दै बिचबिचमा योग अभ्यास समेत गराउनु भएको थियो । जीवन सुखि र समृद्ध बनाउने विषयमा कार्यक्रमको अन्तमा प्रश्नोत्तर र छलफलसमेत गरिएको थियो ।

क्याम्पसमा प्रतियोगितात्मक कविता गोष्ठि सम्पन्न

क्याम्पसको क्रियाकलाप समितिको आयोजनामा मिति २०८१ साल साउन ३२ गते शुक्रबारका दिन विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सबै प्रतियोगीहरूको मूल्याङ्कन उपप्राध्यापक दीपक गौतम र शिक्षणसहायक बालकृष्ण गौतमले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारी विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगीतामा बिएड प्रथम वर्षका प्रकाश कार्की, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने, बिबिएस तेस्रो वर्षका सत्तिस कार्की र बिबिए सातौँ सिमेस्टरका देवराज पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । संयोजक सुवेदीले कार्यक्रमको औचित्य बताउँदै स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेका थिए ।

क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणत्मक तथ्याङ्क व्यवस्थापन (Qualitative Data Management) तालिम/सेमिनार/कार्यशाला सम्पन्न भएको छ ।
मिति २०८१ जेठ १० गते देखि जेठ १२ गते सम्म तीन दिने कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी रहेका थिए । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरका सहप्राध्यापक डा. सुरेश गौतम र सुकुना क्याम्पसका सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङले विषयविज्ञका रुपमा तीन दिन सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहजकर्ता द्वयले परिमाणात्म अनुसन्धान र गुणात्मक अनुसन्धान बिचको फरक र गुणात्मक अनुसन्धानको महत्त्वका सैद्धान्तिक विषयमा छलफल गराउनु भएको थियो । गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कन गर्ने विधि तथा तरिका, नैतिक पक्षहरू, तथ्याङ्कको व्यवस्थापन, तथ्याङ्कको छलफल एवम् व्याख्या र विश्लेषण गर्ने तरिकाका विषयमा दुई दिनसम्म विभिन्न आठ समूहमा कार्यशाला सञ्चालन गरी समूहहरूबाट प्रस्तुतीकरण गरएको थियो । शनिबार दिन कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूले तालिम/कार्यशालामा सिकिएका विषयमा प्रतिविम्बन गरेका थिए । कार्यक्रमको सिङ्गो व्यवस्थापन क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) ले गरेको थियो ।

क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । मिति २०८१ जेठ ४ गते देखि जेठ ६ गते सम्म तीन दिने पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ४ वटा क्याम्पसका शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४२ जना शिक्षकहरू सहभागी थिए । शुक्रबार विहान क्याम्पसको सभाकक्षमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घटन गरिएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सम्बोधन गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँका प्राध्यापक डाक्टर पेशल खनाल र क्याम्पसका उपप्राध्यापक डाक्टर दीपकप्रसाद न्यौपानेले विषयविज्ञका रुपमा तीन दिनसम्म सहभागीहरूलाई सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सिमेस्टर प्रणालीका सैद्धान्तिक पक्षहरू, व्यवहारिक चुनौतिहरू, अपानाउनु पर्ने पद्धति, मूल्याङ्कनका पक्षहरु, अङ्कन पद्धति, सिर्जनात्मक कार्यहरू, विद्यार्थीका सिकाइका पक्षहरू, शिक्षण पद्धती, अभिलेखीकरण र शिक्षकको भूमिकाका विषयमा छलफल, अन्तर्क्रिया र कार्यशाला सञ्चालन गरिएको थियो । जेठ ६ गतेका दिन कार्यक्रमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूले तालिमको प्रतिविम्बन गरेका थिए ।

क्याम्सको आयोजनामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा मिति २०८१ जेठ ३ गते (१६ मे २०२४) मा त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ । ‘कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि अवसर’ (Opportunities for implementation of AI in the Classroom) विषयमा सम्पन्न उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल पर्सन इन्जिनियर सन्तोष दाहाल, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट कम्प्युटर टेक्नोलोजी सङ्कायका डीन डा. उत्पल वर्मन र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेनले आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । सुकुना बहुमुखी क्याम्पसका शिक्षक श्री उषाकिरण वाग्लेले सञ्चालन गर्नु भएको उक्त वेबिनारमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइराला, शिक्षक तथा विद्यार्थीहरू सहित ५० जना, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट उक्त विश्व विद्यालयका उपकुलपति प्रा.डा. एन. सि. तालुकदार, विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरू, अन्तर्राष्ट्रिय मामिला विभागका सहायक निर्देशक सत्यब्रत शर्मा लगायत विद्यार्थीहरू सहित ५० जना र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट उक्त विश्वविद्यालयका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँ, IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेन, प्राध्यापकहरू र विद्यार्थीसहित ५० जना गरी जम्मा १५० जनाको अनलाईन उपस्थितिमा उक्त वेबिनार सम्पन्न गरिएको थियो । एक घण्टा ३० मिनेट अवधिको सो वेबिनार युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेजका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँको मन्तव्य पश्चात समापन गरिएको थियो ।