मिति २०७७ जेठ २४ गते शनिवार तथा २५ गते सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङले आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय काेभिड १९ र उच्च शिक्षाकाे दिशा शीर्षात्मक दुई दिने वेबिनारकाे अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारी गर्नुभयाे । विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद सुवेदीज्यूले उद्घाटन मन्तव्य राख्नु भयाे । मन्तव्यका क्रममा उहाँले काेभिड १९ का कारणले शिक्षा क्षेत्रमा परेकाे प्रभाव र त्यसकाे समाधानका लागि विश्वविद्यालय अनुदान आयाेगले गर्नसक्ने सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा An Overview of COVID 19 विषयक कार्यपत्र जनस्वास्थ्य महाशाखा , सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रमुख डा. सुरेश मेहताले प्रस्तुत गर्नुभयाे । कार्यक्रममा जनमैत्री क्याम्पसका प्रमुख भाेला ओझा, पब्लिक क्या. सङ्घ नेपालका अध्यक्ष शिवराज सञ्जेल एवम् त्रि.वि. व्यवस्थापन सङ्कायका डीन डिल्लीराज शर्माले मन्तव्य राख्नु भयाे । प्रदेश नं. १ का आङ्गिक तथा सामुदायिक क्याम्पसका प्राध्यापकहरू तथा शिक्षासँग सराेकार राख्ने महानुभावहरूकाे १७० भन्दा माथिकाे सङ्ख्यामा उपस्थिति रहेकाे थियाे । उप प्रा. एन.पी. भण्डारीबाट सञ्चालन भएकाे उक्त कार्यक्रम २०७७ जेठ २५ गते बिहान ११ बजेदेखि पुन: सञ्चालन गर्ने गरी स्थगन भयाे ।
सुकुना बहुमुखी क्याम्पस खेलकुद सप्ताह २०७६
सुकुना बहुमुखी क्याम्पसक अतिरिक्त क्रियाकलाप समितिकाे आयाेजनामा मिति २०७६ माघ २१ गतेदेखि २४ गतेसम्म र २९ गतेदेिख २०७६ फागुन १ गतेसम्म एथेलेटिक्स तथा भलिबलका खेलकुदका कार्यक्रमहरू सञ्चालन भए ।यस कार्यक्रममा छात्र तथा छात्रा विद्यार्थीहरूकाे व्यापक सहभागिता रहेकाे थियाे । २१ गतेदेखि सञ्चालन भएकाे उक्त खेलकुदकाे कार्यक्रमकाे भलिबल खेलकाे Final फागुन १ मा सम्पन्न भयाे । बि.एड. प्रथम र कक्षा १२ का बीच भएकाे खेलमा बि.एड. प्रथमले प्रथम स्थान प्राप्त गर्न सफल भयाे । उक्त दिन ९ बजे बिहानदेखि पुरस्कार वितरणकाे कार्यक्रम रह्याे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रमकाे सभापतित्व क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले गर्नुभएकाे थियाे । पुरस्कार वितरण प्रमुख अतिथि , क्याम्पस प्रमुख , कार्यक्रमका संयाेजक तथा प्राध्यापक संघका सचिवबाट संयुक्त रूपमा भयाे । अतिरिक्त क्रियाकलाप समितिका संयाेजक उप प्रा. उमानाथ भट्टराई, सदस्यहरू उप प्रा. जनार्दन गुरागाई, शिक्षण सहायक खगेन्द्रराज दाहाल, खेलप्रशिक्षक जयराम राजवंशी तथा स्व.वि.यु. सभापति तथा अन्य विद्यार्थीहरूकाे समेत सक्रियतामा सञ्चालन भएकाे उक्त कार्यक्रमबाट विद्यार्थीहरूकाे शारीरिक तथा मानसिक विकासमा सहयाेग पुग्ने विश्वास लिइएकाे छ । उक्त कार्यक्रमकाे सञ्चालन जनार्दन गुरागाईले र विद्यार्थी प्रमाेद गेलालले गर्नुभएकाे थियाे ।
लघु अनुसन्धानका लागि प्रस्तावना माग गरिएकाे सूचना
अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना
विश्वविद्यालय अनुदान आयाेग , गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाकाे आयाेजनामा उच्चशिक्षाकाे गुणस्तर सुानिश्चितता तथा प्रत्यायनका लागि अवलम्बन गर्नुपर्ने कार्यपद्धति र स्वअध्ययन प्रतिवेदन तयारी सम्बन्धमा प्रदेश नं. १ स्तरीय तीन दिने कार्याशाला गाेष्ठी मिति २०७६ पाैष १७ देखि १९ गतेसम्म यस सुकुना बहुमुखी क्याम्पस, माेरङकाे सभाकक्षमा सञ्चालन भयाे । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) का लागि कार्यपद्धति र स्वअध्ययन प्रतिवेदन SSR लेखनमा सहभागी भएका प्रदेश नं. १ का ३४ वटा क्याम्पसहरूले यस कार्याशाला गाेष्ठीमा भाग लिएका थिए ।
प्रस्तुत कार्यक्रमकाे अध्यक्षता सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीबाट भएकाे थियाे । उद्घाटन र कार्याशाला सत्र गरी दुई सत्रमा सञ्चालन भएकाे प्रस्तुत कार्यक्रमकाे सञ्चालन QAA Division का अधिकृत द्वय गाेपाल आचार्य र ममता प्रजापतीले गर्नुभएकाे थियाे । QAA Division का निर्देशक डा. ऋषिकेश पाण्डेले स्वागत मन्तव्य राख्नु भएकाे उक्त कार्यक्रमकाे औचित्य QAAD/UGC का विषय विशेषज्ञ प्रा.डा. भाेला थापाले प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रमकाे दाेस्राे सत्रमा विषय विशेषज्ञ प्रा.डा. भाेला थापा तथा डा. ऋषिकेश पाण्डेले आन्तरिक गुणस्तर र सुनिश्चितताकाे महत्त्व, आवश्यकता, सङ्गठन एवम् कार्यका सम्बन्धमा व्यापक रूपमा आफ्ना प्रशिक्षणात्मक प्रस्तुति राख्नुभएकाे थियाे । त्यसैगरी QAA Division का अधिकृत द्वय गाेपाल आचार्य र ममता प्रजापतीले आधारभूत चरणहरू तथा त्यसकाे तयारीका बारेमा प्रशिक्षण दिनुभएकाे थियाे । सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राईले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकाे यात्रामा आफ्नाे क्याम्पसले प्राप्त गरेकाे अनुभव राख्नुभएकाे थियाे । सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले समेतन] मन्तव्य राख्नुभएकाे यस कार्यक्रमका सहभागीहरूले कार्यक्रमबाट आफूहरू सन्तुष्ट रहेकाे प्रतिक्रिया दिएका थिए । कार्याशाला तथा छलफल गर्दै सम्पन्न भएकाे उक्त कार्यक्रमकाे समापन अध्यक्ष केशव अधिकारीले गर्नुभयाे ।
२०७६ साल मङ्सिर २९ गते पव्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल सुकुना बहुमुखी क्याम्पस एकाइ समितिकाे आयाेजनामा सम्पन्न भएकाे प्राध्यापकहरूकाे चाैथाे भेलाले निर्णय गरेअनुसार मिति २०७६ पाैष २ गते सम्पन्न भएकाे निवार्चनबाट एघार सदस्यीय कार्य समितिकाे गठन भयाे । एकल सङ्क्रमणीय मतका आधारमा भएकाे निवार्चनबाट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनबाट १० र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबाट १ जना गरी कार्य समिति गठन भएकाे हाे । उप प्राध्यापक बलराम पाेखरेलकाे सभापतित्वमा बनेकाे कार्य समितिमा उप सभापति कान्ता सुवेदी, सचिव बालकृष्ण खडका, सह सचिव माया देवान, काेषाध्यक्षमा ध्रुव नेपाल रहनु भएकाे छ । त्यसै गरी सदस्यहरूमा गणेशप्रसाद दहाल, टीकाप्रसाद उपाध्याय ढुङ्गेल, उमादेवी गुरागाइँ , खगेन्द्रराज दाहाल र रमेश खतिवडा ( प्रजातन्त्रवादी प्रा. सं.) रहनु भएकाे छ ।
सहायक क्याम्पस प्रमुख उप प्रा. अर्जुनराज अधिकारीकाे संयाेजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिमा उप प्रा. उमानाथ भट्टराई तथा उप प्रा. जनार्दन गुरागाई रहेका थिए । शान्त र साैहार्दपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएकाप्रति खुसी व्यक्त गर्दै पव्लिक क्याम्पसहरूमा प्राध्यापक सङ्घकाे भूमिका रचनात्मक हुनुपर्ने भन्ने आफ्नो धारणासहित नवनिर्वाचित प्रतिनिधिहरूलाई क्याम्पस प्रमुख चन्द्रमणि राईले बधाई तथा शुभकामना दिनुभएकाे थियाे । बिहान ८ बजेबाट आरम्भ भएकाे निर्वाचनकाे परिणाम अपरान्ह ४ः३० बजे घाेषणा गरिएकाे थियाे । उक्त अवसरमा नवनिर्वाचित कार्य समितिकाे तर्फबाट सभापति पाेखरेलले प्राध्यापक, कर्मचारीहरूकाे पेसागत हकका लागि आवाज उठाउने र क्याम्पसकाे चाैतर्फी विकासमा सधैँ सहयाेगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।