क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको अतिरिक्त क्रियाकलाप समिति र नेपाली शिक्षण विभागको संयुक्त आयोजनामा मिति २०८१ साल असोज १४ गते सोमबारका दिन वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागि भएका थिए । आयोजक समितिले वक्ताहरूका लागि “राष्ट्रको समृद्धिमा प्रतिभा पलायनको असर” शीर्षकमा प्रतयोगिता गराएको थियो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवम् सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने, उपप्राध्यापक उमादेवी गुरागाईँ र शिक्षणसहायक विक्रम थापाले प्रतियोगिहरूको मूल्याङ्कन गर्नु भएको थिए । मूल्याङ्कन समितिले वक्ताहरूका विभिन्न पक्षहरूको मूल्याङ्कन गरी मूल्याङ्कन टोलीको तर्फबाट डा. न्यौपानेले बिएस्सी प्रथम वर्षका सुमन ढुङ्गाना, बिएड प्रथम वर्षका पुनम दाहाल, बिएड प्रथम वर्षकै टीकाराम कार्की र बिबिएस प्रथम वर्षका आकृती सुवेदी क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्वना स्थान घोषणा गर्नु भएको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै थप सफलताका लागि उत्प्रेरण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक खगेन्द्रराज दाहालले गर्नु भएको थियो ।

Leave A Reply