सुकुना बहुमुखी क्याम्पसमा प्रदेश नं. १ स्तरीय वेबिनार (Webinar)

मिति २०७७ जेठ २४ गते शनिवार तथा २५ गते सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा माेरङले आयाेजना गरेकाे प्रदेश नं. १ स्तरीय काेभिड १९ र उच्च शिक्षाकाे दिशा शीर्षात्मक दुई दिने वेबिनारकाे अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारी गर्नुभयाे । विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद सुवेदीज्यूले उद्घाटन मन्तव्य राख्नु भयाे । मन्तव्यका क्रममा उहाँले काेभिड १९ का कारणले शिक्षा क्षेत्रमा परेकाे प्रभाव र त्यसकाे समाधानका लागि विश्वविद्यालय अनुदान आयाेगले गर्नसक्ने सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा An Overview of COVID 19 विषयक कार्यपत्र जनस्वास्थ्य महाशाखा , सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रमुख डा. सुरेश मेहताले प्रस्तुत गर्नुभयाे । कार्यक्रममा जनमैत्री क्याम्पसका प्रमुख भाेला ओझा, पब्लिक क्या. सङ्घ नेपालका अध्यक्ष शिवराज सञ्जेल एवम् त्रि.वि. व्यवस्थापन सङ्कायका डीन डिल्लीराज शर्माले मन्तव्य राख्नु भयाे । प्रदेश नं. १ का आङ्गिक तथा सामुदायिक क्याम्पसका प्राध्यापकहरू तथा शिक्षासँग सराेकार राख्ने महानुभावहरूकाे १७० भन्दा माथिकाे सङ्ख्यामा उपस्थिति रहेकाे थियाे । उप प्रा. एन.पी. भण्डारीबाट सञ्चालन भएकाे उक्त कार्यक्रम २०७७ जेठ २५ गते बिहान ११ बजेदेखि पुन: सञ्चालन गर्ने गरी स्थगन भयाे ।

1 Comment

Leave A Reply