बी.एड, बी.बी.एस., बी.ए. तथा बी.एस्सी प्रथम बर्ष २०७३-७४, १ बर्षे बी.एड। र स्नातकोत्तर प्रथम वर्ष २०७२-७३ मा नियमितरुपमा अध्ययनरत विद्यार्थीहरू मध्ये त्रि.वि. बाहेकका वोर्डबाट अघिल्लो तह उत्तीर्ण गर्ने विद्यार्थीहरूले यहि मिति २०७३÷१०÷२५ गते सम्ममा आनिबार्य TU Registration फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयमा २०७३ सालमा रजिष्ट्रेसन भएका (रजिष्ट्रेसन नम्बरको पहिलो दुई अङ्क ७३ भएका) र परिषद्बाट २०७३ सालमा लिएको कक्षा ११ को परीक्षामा नियमित परिक्षार्थीको रुपमा सम्मिलित भई कुनै एक सैद्धान्तिक विषयमा मात्र अनुत्तीर्णर भएका विद्यार्थीहरूको मौका परीक्षा हुने भएको हुदा २०७३ पुष २२ गते सम्ममा मौका परीक्षाको फाराम भरी परीक्षा फाँटमा बुझाउनका लागि सूचना गरिएको छ ।
यसकालागि
१.कक्षा ११( डाउनलोडेड) मार्कसिट प्रतिलिपी १ थान
२. पासपोर्ट साइजको फोटो २ प्रति
३. परीक्षा शुल्क रु. ८००
उक्त परीक्षा मिति २०७३ माघ ०८ गते शनिबार विहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्रसम्बन्धी सूचना पछि राष्ट्रिय दैनिक पत्रिकाकमा प्रकासित हुनेछ ।
शक्षासास्त्र सङ्काय तेस्रो बर्ष र मानविकी तथा समाजसास्त्र सङ्काय तेस्रो वर्ष को आन्तरिक परीक्षा मिति २०७३ साल पुष ३ गतेबाट बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुने गरी परीक्षाको तालिका निर्धारण गरिएको बेहोरा सूचित गरिएको छ । यो सूचना प्राप्त गर्न यस वेवसाइडको डाउनलोड मेनुमा गइ हेर्न सकिन्छ ।
सुकुना बहुमुखी क्याम्पस स्थापनाको २५ औँ वर्षका अवसरमा क्याम्पस सञ्चालक समितिको मिति २०७३÷०७÷२१ को बैठकले गरेको निर्णयानुसार यही मिति २०७३ साल माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रमका साथ रजत महोत्सव भव्य रूपमा मनाइने भएकाले उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण परिषद् सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू, अभिभावकज्यूहरू, प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, पूर्व सञ्चालक समितिका सदस्यहरू, पूर्व शिक्षकहरू, पूर्व विद्यार्थीहरू, दाता महानुभावहरू, उद्योगी व्यापारी, समाजसेवी, श्रमजीवी, बुद्धिजीवी, राजनीतिकर्मी, विभिन्न सङ्घ संस्थालगायत क्याम्पसका सम्पूर्ण सरोकारवाला पक्षमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याई दिनुहुन अनुरोध गरिन्छ ।
Tribhuvan University office of the controller of examination, Balkhu today published the results of 3 years Bachelor of Education (B.Ed) third year-2073. The examination of B.Ed third year was held on Jestha Ashadha 2073.
Similarly, TU OCE also published the results of Master of Arts (MA) First year Home Science. The examination of MA First year Home Science was held on Baishakh-jestha 2073.
Tribhuvan University (TU), Office of the Controller of Examinations today announces exam form fill up notice for 4 years Bachelor level Fourth year exam to be held in 2073 for the faculties of Management (BBS 4th year), B.Sc 4th year and 4 years BFA.
Application form submission deadline: 2073 Poush 11.
अाइ सिटी बि एड प्रथम सेमेस्टरमा भर्नाका लागि यस क्याम्पसमा अावेदन गरेका विद्यार्थीकाे प्रवेश परीक्षा २०७३ साल मँसिर ११ गते बिहान ११ बजेबाट सञ्चालन हुने बेहाेरा सूचित गरिन्छ ।