सुकुना क्याम्पसमा बलराम पाेखरेलकाे नेतृत्वमा प्राध्यापक सङ्घ


२०७६ साल मङ्सिर २९ गते पव्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल सुकुना बहुमुखी क्याम्पस एकाइ समितिकाे आयाेजनामा सम्पन्न भएकाे प्राध्यापकहरूकाे चाैथाे भेलाले निर्णय गरेअनुसार मिति २०७६ पाैष २ गते सम्पन्न भएकाे निवार्चनबाट एघार सदस्यीय कार्य समितिकाे गठन भयाे । एकल सङ्क्रमणीय मतका आधारमा भएकाे निवार्चनबाट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनबाट १० र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबाट १ जना गरी कार्य समिति गठन भएकाे हाे । उप प्राध्यापक बलराम पाेखरेलकाे सभापतित्वमा बनेकाे कार्य समितिमा उप सभापति कान्ता सुवेदी, सचिव बालकृष्ण खडका, सह सचिव माया देवान, काेषाध्यक्षमा ध्रुव नेपाल रहनु भएकाे छ । त्यसै गरी सदस्यहरूमा गणेशप्रसाद दहाल, टीकाप्रसाद उपाध्याय ढुङ्गेल, उमादेवी गुरागाइँ , खगेन्द्रराज दाहाल र रमेश खतिवडा ( प्रजातन्त्रवादी प्रा. सं.) रहनु भएकाे छ ।

सहायक क्याम्पस प्रमुख उप प्रा. अर्जुनराज अधिकारीकाे संयाेजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिमा उप प्रा. उमानाथ भट्टराई तथा उप प्रा. जनार्दन गुरागाई रहेका थिए । शान्त र साैहार्दपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएकाप्रति खुसी व्यक्त गर्दै पव्लिक क्याम्पसहरूमा प्राध्यापक सङ्घकाे भूमिका रचनात्मक हुनुपर्ने भन्ने आफ्नो धारणासहित नवनिर्वाचित प्रतिनिधिहरूलाई क्याम्पस प्रमुख चन्द्रमणि राईले बधाई तथा शुभकामना दिनुभएकाे थियाे । बिहान ८ बजेबाट आरम्भ भएकाे निर्वाचनकाे परिणाम अपरान्ह ४ः३० बजे घाेषणा गरिएकाे थियाे । उक्त अवसरमा नवनिर्वाचित कार्य समितिकाे तर्फबाट सभापति पाेखरेलले प्राध्यापक, कर्मचारीहरूकाे पेसागत हकका लागि आवाज उठाउने र क्याम्पसकाे चाैतर्फी विकासमा सधैँ सहयाेगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


सिलबन्दी दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत आ. व. २०७६÷०७७ मा खरिद गरिने तपसिलबमोजिमका सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा बिक्रेताहरूले सूचना प्रकाशित मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न आ≈वान गरिन्छ । थप जानकारीका लागि संलग्न सूचना डाउनलोड गर्न सकिन्छ ।

दरभाउपत्र 2076 पेस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत शीर्षक अन्तर्गत आ. व. २०७६÷०७७ मा बजारबाट सोझै खदि प्रकृया Direct Purchase (DP) Method बाट निम्नानुसारका सामग्री खरिद गरिने भएकाले उक्त सामग्रीहरू न्यूनतम दरमा उपलब्ध गराउन इच्छुक मान्यताप्राप्त कम्पनी, उद्योगी, फर्म वा विक्रेताहरूले सूचना प्रकाशित मितिले ७ दिनभित्र दरभाउपत्र पेस गर्न आ≈वान गरिन्छ । थप जानकारीका लागि संलग्न सूचना डाउनलोड गर्नुहोस् ।