त्रिविको सम्बन्धनमा बी बी ए (BBA) प्रथम सेमेस्टरको लागि प्रवेश परीक्षा (CMAT) को फाराम भर्ने सूचना

QAA प्राप्त सुकुना बहुमुखी क्याम्पसमा त्रिविको सम्बन्धनमा व्यवस्थापन सङ्कायमा बी बी ए (BBA) प्रथम सेमेस्टरको लागि प्रवेश परीक्षा (CMAT) को फाराम खुलेको  सम्बन्धित सबैमा सूचित गरिन्छ ।

२०७५ साल २०७५ साल वैशाख ३० र ३१ गते (अाइतवार र साेमवार) विहानी सत्रका (अाइ‍. सि. टी. बाहेक) सबै कक्षाकाे पठनपाठन स्थगित ।

कक्षाा ११ काे परीक्षाका कारण २०७५ साल वैशाख ३० र ३१ गते (अाइतवार र साेमवार) का विहानी सत्रका (अाइ‍. सि. टी. बाहेक) सबै कक्षाकाे पठनपाठन स्थगित गरिएकाे छ ।

पुनः बोलपत्र आव्हान सम्बन्धी सूचना

सुकुना   बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौता अनुसार उच्च शिक्षा सुधार परियोजना अन्तर्गत र सम्झौता अनुसार स्रोत परिचालन शीर्षकमा यस क्याम्पसको प्रशासनिक भवनको माथिल्लो तलामा सेमिनार हल निर्माण योजनाको बोलपत्र आव्हानको सूचना अनुसार पर्न आएका बोलपत्रहरू यस कार्यालयको मिति २०७४ ⁄ ११ ⁄ २९ को निर्णय अनुसार रद्द गरी पुनः १५ दिने बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचनाको विवरण हेर्न यसैसाथ राखिएको बोलपत्र(दोस्रो सूचना) हेर्नुहोस् ।

बोलपत्र(दोस्रो सूचना)

क्याम्पस परिषदमा उपस्थितिकालागि सूचना

यहि मिति २०७४ साल चैत्र १७ गते शनिवारका दिन क्याम्पस सञ्चालक परिषदको बार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण परिषद सदस्यज्यूहरूलाई उपस्थितिकालागि पत्राचार गरिसकिएको छ । पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि सभामा उपस्थितिका लागि अनुरोध सहित सूचित गरिएको छ । कार्यक्रम सहितको पत्र यसैसाथ संलग्न गरिएको छ । क्याम्पस परिषद सूचनामा क्लिक गर्नुहोस् ।

सम्झौता गर्न आउने सम्बन्धमा ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङ र विश्वविद्यालय अनुदान आयोगबीच भएको सम्झौताअनुसार उच्च शिक्षा सुधार परियोजनाको DLI2 अन्तर्गत Resource Mobilization शीर्षकमा आ. व. २०७४/०७५ का लागि खरिद गरिने वस्तु तथा सेवाका लागि सिलबन्दी दरभाउपत्र पेस गर्नेहरूमध्ये  क्याम्पस सञ्चालक समितिको बैठकले तपसिलबमोजिमको सिलबन्दी दरभाउपत्र स्वीकृत गरेको हुँदा आफूले कबोल गरेको अङ्कको ५% रकम Performance Security जम्मा गरी यो सूचना प्रकाशित मितिले ७ दिनभित्रमा आफ्नो संस्थाको आधिकारिक छापसहित सम्झौता गर्न आउनु हुन जानकारी गराइन्छ । तोकिएको समयभित्र सम्झौता गर्न नआएमा नियमानुसार हुने बेहोरासमेत जानकारी गराइन्छ ।

यसको विस्तृत सूचनाका लागि Mou 1 मा क्लिक गर्नुहोस् ।

स्नातक तह तेस्राे तथा चाैथाे बर्षकालागि शुल्क सहुलियत सम्बन्धि अन्तरवार्ता सम्बन्धमा जरुरी सूचना ।

स्नातक तह बि ए बी‍ एड तेस्राे तथा बि‍ बि एस तेस्राे र चाैथाे बर्षकालागि शुल्क सहुलियतका लागि अावेदन दिने विद्यार्थीहरुकाे अन्तरवार्ता यहि मिति २०७४ साल चैत्र ६ गते विहान ७ बजेबाट सञ्चालन गरिने बेहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ । याे सूचना क्याम्पसकाे सूचना पाटीमा समेत हेर्न सकिन्छ ।