आई सि.टि.दोस्रो सेमेस्टर २०७४ को कक्षा सञ्चालन सम्बन्धि सूचना

आई सि.टि.प्रथम सेमेस्टरको परीक्षामा सम्मिलित यस क्याम्पसका विद्यार्थीहरूको दोस्रो समेस्टरका कक्षाहरू मिति २०७४ साल साउन ८ गते आइतबारवाट सञ्चालन हुनेकुरा सम्बन्धित प्राध्यापक तथा विद्यार्थी बर्गमा सूचित गरिन्छ ।

सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा श्री प्रेमप्रसाद भट्टराईको नियुक्त तथा पदभार ग्रहण।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७४ साल असार ३० गते बसेको बैठकबाट मिति २०७४ साल साउन १ गतेबाट लागू हुने गरी सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री प्रेमप्रसाद भट्टराईलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय भए अनुसार मिति २०७४ साल साउन १ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, निवर्तमान क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ साथै प्राध्यापक तथा कर्मचारीहरूको उपस्थितिमा निर्णय अनुसार नै नव नियुक्त क्याम्पस प्रमुखको पदभार ग्रहण गर्ने कार्य सम्पन्न गरियो । उक्त अवसरमा नवनियुक्त क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टराई, सञ्चालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के, निवर्तमान क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ र पब्लिक क्याम्पस इकाई समितिका सभापति अर्जुनराज अधिकारीले मनतव्य व्यक्त गर्नुभएको थियो ।