क्याम्पसमा प्रतियोगितात्मक कविता गोष्ठि सम्पन्न

क्याम्पसको क्रियाकलाप समितिको आयोजनामा मिति २०८१ साल साउन ३२ गते शुक्रबारका दिन विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सबै प्रतियोगीहरूको मूल्याङ्कन उपप्राध्यापक दीपक गौतम र शिक्षणसहायक बालकृष्ण गौतमले गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारी विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगीतामा बिएड प्रथम वर्षका प्रकाश कार्की, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने, बिबिएस तेस्रो वर्षका सत्तिस कार्की र बिबिए सातौँ सिमेस्टरका देवराज पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । संयोजक सुवेदीले कार्यक्रमको औचित्य बताउँदै स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेका थिए ।

Leave A Reply