क्याम्पसको दोस्रो चरणको QAA को मूल्याङ्कनका लागि अनुदान आयोगको भ्रमण सम्पन्न

क्याम्पसले दोस्रो चरणको गुणस्तरको प्रमाणपत्र (गुणस्तर सुनिश्चितता प्रत्यायान- Quality Assurance Accreditation – QAA) प्राप्तिका लागि विश्वविद्यालय अनुदान आयोग नेपाल समक्ष आसयपत्र पेस गरेकोमा अनुदान आयोग नेपालको विज्ञटोलीले क्याम्पसको अनुगमन तथा मूल्याङ्कनका लागि पुस २२ गते क्याम्पसमा आइपुगेको थियो । उक्त टोलीले पुस २२ गते देखि २६ गतेसम्म पाँच दिनको भ्रमण सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाको नेतृत्वमा प्रा.डा. सुशीलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगको क्युएए डेपुटि डाइरेक्टर श्री भगवती पौडेल सहितको टोलीले क्याम्पसका विभिन्न सरोकारवालाहरू सँग बैठक‚ छलफल‚ अन्तर्क्रिया र प्रश्नोत्तर गरी क्याम्पस प्रति धारणा बुझ्दै क्याम्पसका सबै डकुमेण्टहरूको अध्ययन र मूल्याङ्कन गर्ने कार्य सम्पन्न गरेको छ । यस क्रममा भ्रमणको पाचौँ दिन मिति २०८० पुस २६ गते विहिबारका दिन क्याम्पसमा आयोजित एक कार्यक्रममा अनुदान आयोगको विज्ञटोली र क्याम्पस बिच अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन आदानप्रदान गरी भ्रमण समापन भएको छ ।