क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीबाट तेस्रो दिनको मूल्याङ्कन कार्य सम्पन्न

मिति २०८० पुस २४ गते मङ्गलबारका दिन क्याम्पसको दोस्रो चरणको क्युएए(QAA) नविकरणका लागि विश्वविद्यालय अनुदान आयोग नेपाल (UGC Nepal) को समकक्षी पुनरावलोकन टोलीका संयोजक प्रा.डा. तीर्थराज खनिया‚ प्रा.डा. सुशीलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र आयोगको क्युएए (QAA) की डेपुटि डाइरेक्ट भगवती पौडेलबाट तेस्रो दिनको अनुगमन‚ छलफल‚ अन्तर्क्रिया र मूल्याङ्कनको कार्य सम्पन्न भएको छ । तेस्रो दिन पहिलो चरणमा क्याम्पसमा कार्यरत कर्मचारीहरू सँग‚ दोस्रो चरणमा उक्त टोलीले अभिभावक र नागरिक समाजका प्रतिनिधिहरू सँग‚ तेस्रो चरणमा विज्ञ टोलीले अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) सँग‚ चौथो चरणमा टोलीले आन्तरिक गुणस्तर सुनिश्चितता समिति र स्वमूल्याङ्कन समिति सँग छलफल र अन्तर्क्रिया गरेको छ भने पाचौँ चरणमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरू सँग बैठक गरेको छ । छैटौँ चरणमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रदर्शन अन्तर्गत विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य‚ गायन र कविता वाचनको अवलोकन गरेको छ । विज्ञ टोलीले बुधबार चौथो दिनको छलफल‚ सुपरिवेक्षण र मूल्याङ्कनको काम पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै गर्ने छ ।