विश्वविद्यालय अनुदान आयोग नेपालको समकक्षी पुनरावलोकन टोलिद्वारा दोस्रो दिनको अनुगमन र मूल्याङ्कन सम्पन्न

क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको समकक्षी पुनरावलोकन गर्ने विज्ञटोलीले मिति २०८० पुस २३ गते सोमबार दोस्रो दिनको छलफल‚ अन्तर्क्रिया‚ अनुगमन र अध्ययनको काम सम्पन्न गरेको छ । अध्ययन टोलीका प्रमुख तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ‚ सदस्यहरू क्रमशः प्रा.डा. सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोग क्युएए डिभिजनकी डेपुटि डाइरेक्टर  श्री भगवती पौडेलले पहिलो चरणमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू सँग‚  दोस्रो चरणमा पूर्वविद्यार्थी समाजका सदस्यहरू तथा प्रतिनिधिहरू सँग क्याम्पसका लागि पूर्वविद्यार्थीहरू सँग‚ तेस्रो चरणमा क्याम्पसबाट उत्पादित जनशक्तिलाई रोजगारी दिने रोजगारदाता सङ्घ/संस्था‚ उद्योग‚ व्यापारिक प्रतिष्ठान‚ सहकारी एवम् वित्तिय निकायका प्रतिनिधिहरू सँग‚ चौथो चरणमा पठनपाठन‚ परीक्षा‚ शिक्षणमा प्रविधिको प्रयोग‚ पेशागत सन्तुष्टि‚ वृत्तिविकास‚ अध्ययन अनुसन्धानका विषयमा क्याम्पसका शिक्षकहरू सँग‚ पाचौँ चरणमा क्याम्पसमा रहेका विभिन्न विषयगत विभागीय समितिका विभागीय प्रमुखहरू सँग र छैटौँ चरणमा क्याम्पसमा रहेका विभिन्न समिति‚ उपसमिति‚ एकाइ‚ सेल‚ सर्कल र क्लव सँग सघन छलफल र अन्तर्क्रिया गर्ने काम सम्पन्न गरेको छ । सातौँ चरणमा टोलीले क्याम्पसका विभिन्न विभाग‚ फाँट तथा शाखाको अनुगमन गर्दै अभिलेखको शुक्ष्म अध्ययन गरी मार्ग निर्देशन दिएको छ ।  पुनरावलोकन तथा मूल्याङ्कन टोलीले तेस्रो दिन पुस २४ गतेका सबै कार्यक्रमहरू पूर्वनिर्धारित तालिकाअनुसार नै हुनेगरी दोस्रो दिनको कार्य सम्पन्न गरेको छ ।