Site icon Sukuna Multiple Campus

क्याम्पसमा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न

सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित मिति २०८० पुस १२ गते विहिबारका दिन क्याम्पस सभाकक्षमा गायन प्रतियोगिता कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम क्याम्पसको सभाकक्षमा भएको थियो । कार्यक्रममा विभिन्न कक्षामा अध्ययन गर्ने १८ जना विद्यार्थीहरू सहभागी भएका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूको गायन कलाको मूल्याङ्कन साहित्यकार तथा क्याम्पसका पूर्वशिक्षक उमानाथ भट्टराई र लोकप्रिय सङ्गीत तथा गितकार जे.वि. थुलुङले गरेका थिए । प्रतियोगितामा बिएस्सी दोस्रो वर्षका मोहम्मद रजकले प्रथम स्थान‚ बिबिएस प्रथम वर्षका सविना राईले द्वितीय स्थान‚ बिएड चौथो वर्षका अन्तिम राईले तृतीय स्थान र बिबिएस तेस्रो वर्षकी रमा विश्वकर्माले चौथो/सान्त्वना स्थान हासिल गरेको घोषणा मूल्याङ्कन समितिले गरेको थियो । विजयीहुने गायकहरूलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारी‚ सहायक क्याम्पस प्रमुखहरू क्रमशः केशवराज भट्टराई‚ बलराम पोखरेल र गणेशप्रसाद दहालले पुरस्कार वितरण गर्नु भएको थियो ।

Exit mobile version