Site icon Sukuna Multiple Campus

कार्यशाला गाेष्ठी

विश्वविद्यालय अनुदान आयाेग , गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाकाे आयाेजनामा उच्चशिक्षाकाे गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका लागि अवलम्बन गर्नुपर्ने कार्यपद्धति र स्वअध्ययन प्रतिवेदन तयारी सम्बन्धमा प्रदेश नं. १ स्तरीय तीन दिने कार्याशाला गाेष्ठी मिति २०७६ पाैष १७ देखि १९ गतेसम्म यस सुकुना बहुमुखी क्याम्पस, माेरङकाे सभाकक्षमा सञ्चालन भयाे । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) का लागि कार्यपद्धति र स्वअध्ययन प्रतिवेदन SSR लेखनमा सहभागी भएका प्रदेश नं. १ का ३४ वटा क्याम्पसहरूले यस कार्याशाला गाेष्ठीमा भाग लिएका थिए ।

प्रस्तुत कार्यक्रमकाे अध्यक्षता सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीबाट भएकाे थियाे । उद्घाटन र कार्याशाला सत्र गरी दुई सत्रमा सञ्चालन भएकाे प्रस्तुत कार्यक्रमकाे सञ्चालन QAA Division का अधिकृत द्वय गाेपाल आचार्य र ममता प्रजापतीले गर्नुभएकाे थियाे । QAA Division का निर्देशक डा. ऋषिकेश पाण्डेले स्वागत मन्तव्य राख्नु भएकाे उक्त कार्यक्रमकाे औचित्य QAAD/UGC का विषय विशेषज्ञ प्रा.डा. भाेला थापाले प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रमकाे दाेस्राे सत्रमा विषय विशेषज्ञ प्रा.डा. भाेला थापा तथा डा. ऋषिकेश पाण्डेले आन्तरिक गुणस्तर र सुनिश्चितताकाे महत्त्व, आवश्यकता, सङ्गठन एवम् कार्यका सम्बन्धमा व्यापक रूपमा आफ्ना प्रशिक्षणात्मक प्रस्तुति राख्नुभएकाे थियाे । त्यसैगरी QAA Division का अधिकृत द्वय गाेपाल आचार्य र ममता प्रजापतीले आधारभूत चरणहरू तथा त्यसकाे तयारीका बारेमा प्रशिक्षण दिनुभएकाे थियाे । सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणि राईले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनकाे यात्रामा आफ्नाे क्याम्पसले प्राप्त गरेकाे अनुभव राख्नुभएकाे थियाे । सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले समेतन] मन्तव्य राख्नुभएकाे यस कार्यक्रमका सहभागीहरूले कार्यक्रमबाट आफूहरू सन्तुष्ट रहेकाे प्रतिक्रिया दिएका थिए । कार्याशाला तथा छलफल गर्दै सम्पन्न भएकाे उक्त कार्यक्रमकाे समापन अध्यक्ष केशव अधिकारीले गर्नुभयाे ।


Exit mobile version