उपप्राध्यापक श्री चन्द्रमणि राई क्याम्पस प्रमुखमा नियुक्त ।

मिति २०७६ साल असार १२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले क्याम्पस प्रमुखको पदबाट राजिनामा दिनुभएकाले सोहि बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरी श्रेष्ठकै प्रस्तावमा क्याम्पसको दिवा सत्रमा कार्यरत सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री चन्द्रमणि राईलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । राई यस क्याम्पसमा २०५० साल कार्तिक १७ देखि यस क्याम्पसमा भूगोल विषय प्राध्यापनरत हुनुहुन्छ । क्याम्पसले २०७६ साल असार १३ गते विहान अनौपचारिक कार्यक्रमका साथ सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र सञ्चालक समितिका पूर्व अध्यक्ष र वर्तमान सदस्यहरु, प्राध्यापक, कर्मचारी र विद्यार्थीको उपस्थितिमा क्याम्पसको कार्यकक्षमा अध्यक्षबाट क्याम्पस प्रमुखको नियुक्ति पत्र प्रदान गरिएको थियो भने पदभार ग्रहणकालागि निबर्तमान क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले पद हस्तान्तरण तथा पदस्थापन गराउनु भएको थियो ।