सेवा निवृत्त प्राध्यापक तथा कर्मचारी बिदाई तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।

आज मिति २०७६ साल जेठ २८ गते क्याम्पस सञ्चालक परिषद्को १२ औँ बैठकको पूर्व अवसरमा क्याम्पसमा लामो समयसम्म सेवा गरी सेवा निवृत्त हुनुहुने प्राध्यापक तथा कर्मचारीको बिदाई र सोहि अवसरमा क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउन सफल छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सम्पन्न गरियो । सुकुना क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख सह–प्राध्यापक श्री प्रेमप्रसाद भट्टराई, उपप्राध्यापक श्री भानु भण्डारी, उपप्राध्यापक हरीराम लिम्बू र स्टोर शाखाका कर्मचारी श्री प्रकाश मास्केलाई औपचारिक रुपमाा विदाई गरियो । यस अवसरमा विदाइ हुने प्राध्यापक कर्मचारीलाई क्याम्पसको विधान अनुसार क्याम्पसको तर्फबाट उपादानको रकम र प्राध्यापक कर्मचारी कल्याणकोषबाट उपहार प्रदान गरियो । छात्रवृत्तिकालागि छात्रवृत्ति समितिले छनोट गरेका छात्रछात्रालाई विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति कोष, अक्षयकोष, क्याम्पस कोष तथा स्थानीय व्यक्तित्व, वित्तीय सङ्घ सस्थाले प्रदान गर्ने गरी जम्मा रु.१२ लाख ५ हजार बरावरको रकम वितरण गरियो । यो रकम छनोटमा परेका १९३ विद्यार्थीहरूलाई प्रमाणपत्र सहित दाता संस्थाका प्रतिनिधि, अक्षयकोष स्थापना गर्ने व्यक्तित्व, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यापक, कर्मचारी, विद्यार्थी र पत्रकारको उपस्थितिमा प्रदान गरियो । प्रमुख अतिथि संविधानसभा सदस्य श्री चन्द्रबहादुर गुरुङ रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले गर्नुृभएको थियो भने क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले कार्यक्रमको उपादेयता र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री गोपालबहादुर थापाले स्वागत गर्नुभएको थियो ।